इलामको गुगल डाँडामा पर्यटकको अकर्षण बढ्दै

इलामको गुगल डाँडामा पर्यटकको अकर्षण बढ्दै

इलाम : सूर्योदयको दृष्यावलोकनको मज्जा लिन यस वर्षदेखि इलाम आउने पर्यटकको रोजाईमा पर्न थालेको छ रोङ गाउँपालिका ३ को गुगल डाँडा। सूर्योदयको दृष्यसँगै कञ्चनजंघा हिमालसहित हिमाली श्रृङ्खला र तराईको फाँटसमेत एकठाउँबाट हेर्न सकिने भएकाले पर्यटकहरुको रोजाईमा गुगल चुचुरोको चर्चा चुलीन थालेको हो। 

रोङ गाउँपालिकाले गुगल डाँडा, रोङ ६ को झण्डी डाँडा सहितका पर्यटकीय गन्तव्यहरुलाई प्रवर्दनका लागि चासो दिएसँगै पर्यटकको चापसमेत बढेको होटल व्यवसायी प्रेमप्रसाद आचार्यले बताए। 

उनका अनुसार गुगल डाँडाबाट इलामका अधिकांश गाउँपालिका सहित आकर्षक पर्यटकीय छटाको अवलोकन गर्न पाइन्छ। झापासँग सिमाना जोडिएको इलामको रोङ गाउँपालिकाले सुर्योदय दृश्यावलोकनका लागि नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरेपछि स्थानीय बासिन्दाले समेत त्यसको व्यवस्थापनमा सहयोग गरी रहेको छ। स्थानीय युवाहरुले चुचुरोसम्म जाने बाटो र संकेतहरुको व्यवस्था गरेको स्थानीय रमेश तिम्सीनाले बताए। उनका अनुसार डोको आकारको डाँडाबाट प्रदेश एकका सबै हिमशृङ्खला देखिन्छन्।

नजिकै रहेको कन्याम चियाबारीका साथै हाँसपोखरी, पाथीभरा देवीको मन्दिर क्षेत्र समेटेर नयाँ गन्तव्यको रुपमा गुगल डाँडालाई विकास गर्न सकिने सम्भावना देखिएको छ। पहिलोपटक गुगलडाँडा पुगेर फर्कन लागेका सूर्योदय नगरपालिका ८ का नरेन प्रधानले गुगलडाँडा पुगेर घाम झुल्केको हेर्दा अरुतिरभन्दा भिन्न र आनन्द अनुभुती भएको बताए।

एक हजार आठ सय २५ मिटर उचाइमा रहेको गाँउपलिकाको वडा नम्बर ३ मा पर्ने भूमापन केन्द्र रहेको गुगल डाँडामा पर्यटकको अकर्षण बढेसँगै गाउँपालिकाले समेत त्यस क्षेत्रको विकासका लागि योजनावद्ध कार्यक्रम अघि सारेको गाउँपालिका अध्यक्ष शमशेर राईले बताए। 

इलामका अन्य भित्री पर्यटकीय गन्तव्यभन्दा मेची राजमार्गको काखमा रहेको गुगल डाँडा पर्यटकको रोजाइमा पर्न थालेपछि  मेची लोकमार्गको नजिकै रहेको गुगल डाँडासम्म पदमार्ग निर्माणमा गाउँपालिका जुटेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.