नेपाली सेनाले एकीकरण पदमार्गमा पदयात्रा गर्ने

नेपाली सेनाले एकीकरण पदमार्गमा पदयात्रा गर्ने

गोरखा : नेपाली सेनाले नेपाल गोरखादेखि काठमाडौंसम्मको पृथ्वीनारायण शाहकालीन बाटोमा पदयात्रा गर्ने भएको छ। पृथ्वी जयन्तीको अवसर पारेर पुस २१ गतेदेखि २७ गतेसम्म ‘गोरखा काठमाडौं एकीकरण मार्ग पदयात्रा २०७७’ गर्न लागेको रणसिंह दल गण गोरखाका गणपति उज्वल केसीले बताए।

गत वर्षदेखि सुरु गरिएको एकीकरण पदमार्ग पदयात्रालाई यसबर्ष पनि निरन्तरता दिन लागेको रणसिँह दल गणका गणपति प्रमुख सेनानी उज्वल केशीले जानकारी दिए। एकीकरण पदयात्रामा पृथ्वीनारायण शाहको पालामा स्थापना भएका गणहरु श्रीनाथ गण, कालिबक्स गण, पुरानो गोरख गण, बर्दबाणी गण र सवुज गणको झण्डा, राष्ट्रिय झण्डा तथा टर्चसहित सेना सहभागी हुनेछन्। यात्राको क्रममा विभिन्न ठाउँमा झाँकीसहित स्थानीयबासीबाट स्वागत गर्ने कार्यक्रम तय भएको छ। 
पृथ्वीनारायण शाहकालीन सैनिक पोशाकमा ब्याड र नौमती बाजासहित सैनिक टोली यात्रामा सहभागी हुने कर्णेल केशीले बताए।

पहिलो दिन गोरखा दरबारबाट हिडेका यात्रुहरु, जोरचौतारी, ताप्ले, अश्राङ, बोर्लाङ, घाटबेसीसम्म पुगेर बास बस्ने कार्यक्रम रहेको कर्णेल केशीले बताए। दोस्रो दिन गोरखबाट हिँडेको टोलीले धादिङको सल्यानटारमा त्यहाँको सेनाको टोलीलाई झण्डा, टर्च हस्तान्तरण गर्नेछ।

त्यस्तै धादिङको सल्यानटारबाट हिडेको टोलीले नुवाकोटको गणको टोलीलाई यात्रा हस्तान्तरण गर्ने र नुवाकोटबाट हिडेको सैन्य टोली पुस २७ गते काठमाडौंको हनुमानढोका दरबार पुग्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।

एकीकरण पदमार्ग पदयात्रामा गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिकाको पनि सहयोग र समन्वय रहने बताइएको छ। इतिहासका महत्वपूर्ण कालखण्डमा सेनाले प्रयोग गरेका सम्पदाहरुको संरक्षण र प्रर्वद्धन गर्ने नेपाली सेनाको योजना अनुसार तत्कालिन सेनाले प्रयोग गरेका मार्गहरुको पहिचान गर्न पदयात्रा गत वर्षदेखि सुरु गरिएको कर्णेल केशीको भनाइ छ।
ऐतिहासिक कोट, किल्ला, गढीहरुको इतिहास सेनासँग जोडिएकाले प्रधानसेनापतिको मार्गनिर्देशन अनुसार कार्यक्रम तय भएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.