दमौलीमा प्रचण्ड-माधव पक्षको कार्यकर्ता प्रशिक्षण

दमौलीमा प्रचण्ड-माधव पक्षको कार्यकर्ता प्रशिक्षण

दमौली : प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका कार्यकर्तालाई दमौलीमा प्रशिक्षण गरिएको छ।

केन्द्रीय नेताको उपस्थितीमा तनहुँ उद्योग वाणिज्य संघको हलमा आयोजित प्रशिक्षणमा जिल्लाभरका वडा तहसम्मका नेताको उपस्थिति थियो।

आफ्ना पक्षका नेता एवं नेकपा जिल्ला सेक्रेटरी राजेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज हरिबहादुर चुमान मुख्य वक्ता रहेको कार्यक्रममा अरु केन्द्रीय सदस्यहरु पिएल श्रेष्ठ तथा आशा कोइराला वक्ता थिए।

कार्यक्रममा केन्द्रीय लेखा आयोग सदस्य विद्या ढकाल, अञ्चल कमिटी सदस्य शंकरनारायण श्रेष्ठ, चित्र थापा र ओमकुमारी पौडेलले पनि प्रशिक्षण दिएका थिए। 

बैठकमा नेता विष्णुभक्त सिग्देल, नगर इन्चार्ज श्रीराम कार्की लगायत पनि उपस्थित थिए। जिल्लामा अध्यक्षमा ओली पक्षका  केदार सिग्देल नेतृत्वमा छन्।

जिल्लामा आफ्नो नेतृत्वको पक्षमा पकड बढाउन गरिएको यो भेलालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.