इनरुवामा संसद विघटनविरुद्ध दाहाल–नेपाल समूहको विरोध पर्दशन

इनरुवामा संसद विघटनविरुद्ध दाहाल–नेपाल समूहको विरोध पर्दशन

धरान : सुनसरी सदरमुकाम इनरुवामा नेकपा दाहाल–नेपाल समूहले संसद विघटनविरुद्ध विरोध प्रर्दशन गरेको छ । मंगलबार सुनसरीका धरान, इटहरी, इनरुवा, दुहबी, रामधुनीलगायतका स्थानबाट ठूलो संख्यामा भेला भएका कार्यकर्ताहरुले संसद विघटनविरुद्ध विरोध पर्दशन गरेका हुन् । 

इनरुवाको महेन्द्र चोकबाट निस्किएको विरोध र्याली इनरुवा नगपालिका, शान्ति चोक, लोकतान्त्रिक चोक, जिल्ला प्रहरी कार्यालय हुदै बसचेकमा गएर सभामा परिणत भएको थियो । विरोध पर्दशनमा नेकपा कार्यकर्ताहरुले प्रधानमन्त्री ओली विरुद्ध चर्का नरावाजी गर्दै संसंद पुर्नस्थापना गर्न माग गरेका थिए । 

सभालाई सम्बोधन गर्दै नेकपा स्थायी सिमित सदस्य तथा प्रदेश १ का इन्चार्ज भीम आचार्यले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरी संघीयता र गणतन्त्र मास्ने षड्यन्त्र गरेको आरोप लगाए ।उनले नेकपा केन्द्रीय समिति दाहाल–नेपाल समुहमा दुई तिहाई बहुमत भएपछि जिल्ला कमिटी र प्रदेश कमीटीमा कारबाहीमा परेका व्यक्तिलाई मनोनित गरी १२ सयको केन्द्रिी समिति बनाइ नांगो नाच प्रर्दशन गरेको आरोप लगाए । उनल् देशभरका नेकपा कार्यकर्ताहरु दाहाल नेपाल समुहमा नै रहेको र केपी ओलीले पार्टी फुटाएको आचार्यको भनाइ थियो । 

त्यस्तै सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य महफुज अन्सारीले प्रधानमन्त्री केपी ओलीको संसद विघटन र नेकपाको विवादलाई कसैको दबाबमा नपरीकन फैसला गर्न सर्बोच्च अदालत र निर्वाचन आयोगलाई आग्रह गरेका छन् । 

उनले प्रधानमन्त्री ओलीले संबैधानिक निकायका प्रमुखहरुको समेत असंवैधानिक नियुक्ति गरेका कारण संवैधानिक निकायबाट दिने सेवामा समेत सत्य तथ्य फैसला नआउने भन्दै सचेत हुन सबैमा आग्रह गरेका छन् । 

समालाई सम्बोधन गर्दै नेकपाकी अर्की केन्द्रिय सदस्य रामकुमारी चौधरीले पनि संसद विघटनले देशमा असिथरता निम्ताएको बताईन् । प्रधानमन्त्री ओलीले विदेसि शक्तिको इसारामा संसद विघटन गरेको उनको आरोप थियो । 


'
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.