पर्वतको बनौमा जीप दुर्घटना, एक युवतीको मृत्यु

पर्वतको बनौमा जीप दुर्घटना, एक युवतीको मृत्यु

कुश्मा : पर्वतको जलजला गाउँपालिका-९ बनौँमा बुधबार दिउँसो जीप दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। दुर्घटनाका क्रममा घाइते भएकी जलजला गाउँपालिका-६ शालिजाकी २३ वर्षीया कौशिला पुर्जाको उपचारका क्रममा पर्वत जिल्ला अस्पतालमा मृत्यु भएको हो। 

कुश्मा–बनौँ सडकखण्ड अन्तर्गत ग २ च ६३७९ नं. को जीप दुर्घटना हुँदा जीपमा सवार तीन जनामध्ये कौशिला पुर्जाको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय पर्वतले जानकारी दिएको छ। जीपका सवारी चालक जलजला-८ नाग्लिवाङका पुर्षोत्तम चापागाई, जलजला ९ बनौ घर भइ सोही जीपका सहचालक यमन गर्बुजा सामान्य घाइते छन्। उनीहरुको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ। 

सडकमा गुडिरहेको जीप सडकबाट करिब २ सय मिटर तल पुगेर भीरमा रहेको रुखमा अल्झिएको अवस्थामा रहेको छ। रुखका कारण ठूलो दुर्घटनाबाट जोगिएपनि उपचारका क्रममा युवतीको मृत्यु भएको जलजला- ९ का वडा अध्यक्ष गौबहादुर पुनले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.