अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न प्रतिबद्ध छु’
वासिङटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका छन्। उनका समर्थकले संसद् भवनमा आक्रमण गरेको एक दिनपछि आफूले अमेरिकाको कानून र व्यवस्थालाई मान्दै सत्ता हस्तान्तरण गर्ने धारणा हुन्।
ट्वीटर अकाउन्ट पुनः सुचारु भएसँगै उनले भिडियो सन्देश जारी गर्दै कंग्रेसले गरेको निर्णयलाई मान्ने बताए। राष्ट्रपति ट्रम्पले प्रतिस्पर्धी जो बाइडनको जित स्वीकार गर्दै उनलाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए।
‘मेरो ध्यान भनेको अब व्यवस्थाअनुसार शक्ति हस्तान्तरण गर्नुमा केन्द्रित हुन्छ’, उनले भनेका छन्, ‘यस क्षणले समाधान र मेलमिलापलाई आव्हान गर्दछु।’
राष्ट्रपति ट्रम्पले संसद् भवनमा आक्रमण हुनु दुःखद भएको बताए। आक्रमणलाई ‘जघन्य आक्रमण’ को संज्ञा दिँदै उनले आफूलाई अन्य अमेरिकीलाई जस्तै आक्रोश पैदा भएको धारणा राखे।
— Donald J. Trump (@realDonaldTrump) January 8, 2021