किम भन्छन्: सबैभन्दा ठूलो शत्रु अमेरिका, जो राष्ट्रपति भए पनि हामीलाई हेर्ने नीति फेरिँदैन !

किम भन्छन्: सबैभन्दा ठूलो शत्रु अमेरिका, जो राष्ट्रपति भए पनि हामीलाई हेर्ने नीति फेरिँदैन !

सोल: उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिका आफ्नो देशको 'सबैभन्दा ठूलो शत्रु' भएको भन्दै अमेरिकामा जोसुकै राष्ट्रपति भए पनि वासिंटनले आफ्नो देशप्रति नीति परिवर्तन गर्ने अपेक्षा नराखेको बताएका छन् ।

सत्तारुढ वर्कर्स पार्टीको अधिवेशनलाई सम्वोधन गर्दै नेता किमले यस्तो प्रतिक्रिया दिएका हुन् । यस क्रममा किमले आणविक हतियार सैन्य क्षमता बढाउने पनि बताएका छन् । यस्तै उनले आणविक पनडुब्बीको पनि पूर्ण तयारी भइसकेको जनाए ।

अमेरिकामा डमोक्रयाट्सको तर्फबाट नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सरकार सञ्चालनको तयारी गरिरहँदा उत्तर कोरियाली नेता किमले यस्तो प्रतिक्रिया दिएका हुन् । अमेरिकामा आगामी जनवरी २० मा बाइडेनले औपचारिक रुपमा नयाँ सरकारको जिम्मेवारी पाउनेछन् ।

अमेरिकामा डेकोक्रयाट्सको तर्फबाट राष्ट्रपति निर्वाचित भइरहँदा उत्तर कोरिया लगायत देशहरुसँगको नीति परिवर्तन हुनसक्ने टिप्पणी भइरहँदा उत्तर कोरियाबाट यस्तो प्रतिक्रिया आएको हो । यद्यपि ट्रम्पकै कार्यकालमा अमेरिका र उत्तर कोरियाबीच वार्ता सम्भव भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.