दमौलीमा अन्डर १४ फुटबल फेस्टिबल सुरु

दमौलीमा अन्डर १४ फुटबल फेस्टिबल सुरु

दमौली : व्यास ३ देउरालीनगरमा अन्डर १४ फुटबल प्रतियोगिता सुरु भएको छ। स्थानीय रिभरसाइड युवा क्लबको आयोजनामा सुरु फुटबलको व्यास नगरपालिकाका नगरसभा सदस्य एवं एन्फा तनहुँका उपाध्यक्ष रबिन पौडेलले उद्घाटन गरे। 

‘लागु औषधमुक्त युवा समाज निर्माण’ नाराका साथ सुरु प्रतियोगिता देउरालीनगर खेल मैदानमा चल्नेछ। खेलको उद्घाटन गर्दै प्रमुख अतिथि पौडेलले मादी तटमा बीच फुटबलको विकास गरी खेलकुद र पर्यटन सँगसँगै लैजान राष्ट्रिय खेलाडीहरुलाई अनुरोध गरे। उनले खेलाडीहरुको लागु औशैषधमुक्त युवा समाज निर्माण अभियानमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए। 

रिभरसाईड युवा क्लवका प्रतियोगिता संयोजक एवम् ए डिभिजन लिगका खेलाडि विश्व अधिकारीको सभापतित्वमा आयोजित उद्घाटन समारोहमा मनाङ्ग मर्स्याङ्गदी क्लबका खेलाडी बिमल राना, संकटा क्लवका दिपेश आले, अर्डर क्लब भण्डारढीकका प्रशिक्षक सुवास तामाङ, अलस्टारका प्रशिक्षक विकास श्रेष्ठ लगायतले फुटबलको विकासमा सवै एकसाथ लाग्नुपर्नेमा जोड दिएका थिए।

राष्ट्रिय स्तरका क्लबमा आवद्ध खेलाडीले विगत एक वर्षदेखि प्रशिक्षण गराइरहेका तनहुँ र कास्कीका १० क्लबको फेस्टिबलमा सहभागिता रहेको छ।
प्रतियोगिताको उद्घाटन खेल न्यु स्टार र हाइस्कुलटारबीच भएकामा न्यू स्टार १ गोलले विजयी भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.