ऋषिङ म्याराथनमा त्रिभुवन आर्मीका राजन विजेता
दमौली : गाउँपालिकाको पर्यटकीय प्रवर्द्धनका लागि भन्दै तनहुँको ऋषिङ गाउँपालिकाले आयोजना गरेको प्रथम ऋषिङ्ग म्याराथन २०७७ मा त्रिभुवन आर्मी क्लबका राजन रोकाया प्रथम भएका छन् ।
सोलुखुम्बुको सुमन कुलुङ प्रतियोगितामा तेस्रो भएका छन् । उनले २ मिनेट ५७ सेकेण्डमा दुरी पार गरेका थिए । त्रिभुवन आर्मी क्लबका देवराज महतारा, जम्दार वेदबहादुर सुनार र धर्म महर्जनले सान्त्वना स्थान हासिल गरेका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय तथा सान्त्वना हुने धावकलाई क्रमश ६५ हजार, ४० हजार, २५ हजार र १०/१० हजार रूपैयाँ नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पूर्व वनमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले वितरण गरे ।
प्रतियोगिताको संविधान सभासद झुलबहादुर आलेले उद्घाटन गरेका थिए । प्रतियोगितामा खुलातर्फ ४२ किलोमिटर दौडमा एक सय पाँच धावक सहभागी थिए । पर्यटकीय तथा सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।