अमेरिकी राष्ट्रपति ट्रम्पमाथि फेरि पनि महाअभियोग

अमेरिकी राष्ट्रपति ट्रम्पमाथि फेरि पनि महाअभियोग

वासिंटन: अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सरकार छाड्नुअघि उनीमाथि फेरि महाअभियोग लागेको छ ।

एक राष्ट्रपतिमाथि दुई पटकसम्म महाभियोग लागेको अमेरिकी इतिहासमै यो पहिलो घटना हो । यही सोमबार डेमोक्रयाटिक सांसदहरुले तल्लो सदनमा ट्रम्पमाथि महाभियोग दर्ता गरेका हुन् ।

गत साता ट्रम्पको उक्साहटबाट उनका समर्थकहरुले क्यापिटल हिलमा छिरेर हिंसात्मक गतिविधि गरेपछि सोही घटनाको आधारमा महाभियोग लगाइएको हो । डेमोक्रयाटिकका सांसदहरुले यसअघि नै ट्रम्पले राजीनामा नदिए उनीमाथि महाभियोग लगाउने चेतावनी दिए पनि ट्रम्पले भने आफ्ना समर्थकहरुमाझ नियमित रुपमा उत्तेजित र विवादित अभिव्यक्ति दिँदैआएका थिए ।

अमेरिकी न्युज च्यानलका अनुसार महाभियोग प्रस्तावमाथि यही साताको अन्त्यतिर मतदान हुनेछ । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले यही जनवरी २० मा औपचारिक रुपमा सत्ताको जिम्मेवारी ग्रहण गर्नेछन् । तर ट्रम्पले उक्त उद्घाटन सभामा आफू उपस्थित नहुने प्रतिक्रिया दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.