बाइडनको सपथ कार्यक्रमका बेला अमेरिकाभर 'सशस्त्र प्रदर्शन' हुन सक्ने

बाइडनको सपथ कार्यक्रमका बेला अमेरिकाभर 'सशस्त्र प्रदर्शन' हुन सक्ने

वासिङटन : अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनले सपथ लिने बेला अमेरिकाभर सशस्त्र प्रदर्शन हुन सक्ने एफबीआईले बताएको छ ।

विभिन्न सशस्त्र समूहले अमेरिकाका ५० वटै राज्यका राजधानी र वासिङटन डीसीमा प्रदर्शनको तयारी गरिरहेको एफबीआईले उल्लेख गरेको छ । 

‘जनवरी १६ देखि ५० वटै राज्यमा सशस्त्र समूहले प्रदर्शन गर्ने योजना बनाएको सूचना प्राप्त भएको छ’, एफबीआईले आफ्नो बुलेटिनमा भनेको छ, ‘संघीय राजधानीमा १७ देखि २० तारिखसम्म प्रदर्शन हुन सक्ने देखिएको छ ।’

योसँगै राष्ट्रपतिको सपथ ग्रहण कार्यक्रममा सुरक्षा चुनौति अझ थपिएको छ । तर बाइडनले भने आफू त्रसित नभएको र शान्तिपूर्ण रूपमा राष्ट्रपति भवनको अगाडि उपराष्ट्रपति कमला ह्यारिससँगै सपथ लिने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको समर्थनमा विभिन्न समूहले प्रदर्शन गर्ने देखिएको हो । यसअघि पनि उनका समर्थकले संसद भवनमा हुलदंगा गरेका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.