कोरियाली पूर्वराष्ट्रपति ग्युनलाई भ्रष्टाचार मुद्दामा २० वर्ष जेल सजाय

कोरियाली पूर्वराष्ट्रपति ग्युनलाई भ्रष्टाचार मुद्दामा २० वर्ष जेल सजाय

सोल: दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क ग्युन हाईलाई यहाँको उच्च अदालतले २० वर्षका लागि जेल सजाय सुनाएको छ । साथै १८ बिलियन जरिवाना तोकिएको छ ।

घुस तथा भ्रष्टाचार काण्डमा यही बिहीबार पार्कलाई अदालतले जेल सजाय तोकेको हो । कोरियाली स्वतन्त्रताका सैन्य कमान्डर समेत रहेका चुङ हीकी छोरी ग्युनले विभिन्न विदेशी कम्पनीहरुबाट करोडौँ डलर घुस लिएको भन्दै उनीमाथि केही वर्षअघि नै मुद्दा दायर भएको थियो ।

२०१३ देखि २०१६ को बीचमा सामसङ सहित कम्पनीहरुबाट उनले घुस लिएको पुष्टि भएको हो । उनले देशका जासूस प्रमुखहरुमार्फत ती कम्पनीहरुबाट घुस लिने गरेको खुलासा भएको हो ।

दक्षिण कोरियामा भ्रष्टचार अभियोगबाट पदमुक्त हुने पार्क पहिलो दक्षिण कोरियाली निर्वाचित राष्ट्रपति हुन् । ६८ वर्षीया ग्युनलाई भ्रष्टाचार अभियोग लागेपछि २०१७ को मार्च ३१ देखि नै कारागारमा रहँदैआएकी हुन् । यद्यपि ग्युनले आफूले गल्ती नगरेको दावी गर्दैआएकी थिइन्। तर यही बिहीबारको सर्वोच्च अदालतको फैसलामा भने उनी उपस्थित भइनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.