स्पेनिस सुपरकप : रियल मड्रिडलाई हराउँदै बिल्बाओ फाइनलमा
स्पेनिस सुपरकप अन्तर्गत बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा एथ्लेटिक बिल्बाओसँग रियल मड्रिड पराजित भएको छ। रियल बिल्बाओसँग २–१ गोल अन्तरले पराजित भएको हो।
बिल्बाओको लागि रउल गार्सियाले दुबै गोल पहिलो हाफमै गरेका हुन्। उनले खेलको १८ र ३८औँ मिनेटमा गोल गरेका हुन्। दोस्रो गोल भने पेनाल्टी मार्फत गरेका थिए।
रियलका लागि दोस्रो हाफमा करिम बेन्जोमाले खेलको ७३औँ मिनेट एक गोल गरे।
जितसँगै बिल्बाओ फाइनलमा प्रवेश गरेको छ। आइतबार हुने फाइनलमा उसले बार्सिलोनाको सामना गर्नेछ।