बाइडनको सपथ ग्रहणको पूर्वसन्ध्यामा अमेरिकाका ५० वटै राज्यमा उच्च सुरक्षा सतर्कता
वासिङटन : अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनको सपथ ग्रहण हुनुअघि अमेरिकाका ५० वटै राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
सपथ ग्रहणका बेला सशस्त्र समूहको प्रदर्शन हुन सक्ने सम्भावना भएको भन्दै मुलुकभरका राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो । सुरक्षाका लागि नेशनल गार्ड परिचालन गरिएको बीबीसीले जनाएको छ ।
यसैबीच बाइडनले सपथ ग्रहण कार्यक्रमको तयारी गरिरहेका छन् । उनले आफूलाई सुरक्षा चुनौति नभएको भन्दै राष्ट्रपति भवन बाहिरै उपराष्ट्रपति कमला ह्यारिससमेतले सँगै सपथ ग्रहण गर्ने बताउँदै आएका छन् ।
बाइडन र ह्यारिसले बुधबार सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।