सिनेटबाट सोमबार राजीनामा दिँदै कमला ह्यारिस
वासिङटन : नोभेम्बरमा भएको चुनावबाट अमेरिकाको उपराष्ट्रपति निर्वाचित कमला ह्यारिसले सिनेटबाट सोमबार राजीनामा दिन लागेकी छन्। ह्यारिसले बुधबार हुने राष्ट्रपति तथा उपराष्ट्रपतिको शपथग्रहणका लागि सिनेट सदस्यबाट राजीनामा दिन लागेकी हुन्।
क्यालिफोर्नियाका गभर्नर ग्याविन न्युसमले सिनेटमा ह्यारिसको बाँकी पदावधीका लागि क्यालिफोर्नियाका आन्तरिक मामिलामन्त्री अलेक्स पडिलालाई मनोनयन गरेका छन्।