उत्तराखण्डको मुख्यमन्त्रीमा १९ वर्षीय किशोरी !

उत्तराखण्डको मुख्यमन्त्रीमा १९ वर्षीय किशोरी !

देहरादुन : भारतको उत्तराखण्ड राज्यमा १९ वर्षीय किशोरी मुख्यमन्त्री हुने भएकी छन् । हरिद्वारकी श्रृष्टि गोस्वामी एकदिनका लागि मुख्यमन्त्री बन्ने भएकी हुन् । 

उनी आइतबार (आज) का लागि मुख्यमन्त्री बन्ने बताइएको छ । गोस्वामीलाई उत्तराखण्ड सरकारले नै एक दिनको मुख्यमन्त्री बनाउन लागेको हो ।

२४ जनवरीमा राष्ट्रिय बालिका दिवसको अवसरमा सृष्टिलाई उत्तराखण्डको एक दिनको मुख्यमन्त्री बनाउन लागिएको उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले जानकारी दिएकी छन् ।

बीएस्सी तेस्रो वर्षमा अध्ययनरत सृष्टिले आफूले यो क्षणलाई विश्वासै गर्न नसकिरहेको प्रतिक्रया दिएकी छिन् । 'अझै यो सत्य हो भनेर विश्वासै गर्न सकिरहेकी छैन', उनले भनिन्, 'म यो समय युवाहरूले प्रशासनिक क्षेत्रमा बसेर आम मानिसको सेवाका लागि राम्रो काम गर्न सक्छन् भन्ने कुरा सावित गरेर देखाउनेछु ।'

सृष्टिले सरकारले गर्न लागेका विभिन्न कामको अवलोकन तथा अधिकारीहरूबाट ब्रिफिङ सुन्नेछिन् । त्यसपछि उनले आवश्यक सल्लाह दिने बताइएको छ ।

बालिकाहरूलाई सशक्तिकरण गर्न यस्तो गर्न लागिएको अध्यक्ष नेगीले बताएकी छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.