अमेरिकामा एकै दिनमा १० लाख बढी खोप दिने राष्ट्रपति बाइडेनको प्रतिवद्धता

अमेरिकामा एकै दिनमा १० लाख बढी खोप दिने राष्ट्रपति बाइडेनको प्रतिवद्धता

वासिंटन: अमेरिकी राष्ट्रपति जो बाइडेनले अबको ३ साताभित्र दिनको १० लाखका दरले अमेरिकी नागरिकहरुलाई खोप उपलब्ध गराउनसक्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

'म एकदम ढुक्क छु कि हामी आगामी ३ साताभित्र १० लाख जनतालाई खोप दिलाउन सक्नेछौँ,' बाइडेनले प्रेस ब्रिफिङको क्रममा भने ।

'मलाई लाग्छ कि हामी एक दिनमा १० लाख भन्दा पनि १५ लाख मानिसलाई खोप दिलाउन सक्षम हुन्छौँ होला। तर दिनमा १० लाखलाई खोप दिने त्यो लक्ष्य हामीले पूरा गर्नैपर्छ,' बाइडेनले भने ।

साथै आगामी समर सिजनसम्ममा अमेरकाले कोरोनाभाइरसको संक्रमणविरुद्ध सामुहिक रुपमा प्रतिरक्षा गर्नसक्ने क्षमता विकास गरिसक्ने पनि आशा व्यक्त गरेका छन् ।

बाइडेनले राष्ट्रपतिमा निर्वाचित भएपछि शपथ ग्रहण लिनुअघि नै कोभिड विरुद्धको संघर्षमा आफूले कुनै कसर बाँकी नराख्ने बताएका थिए । साथै उनले १०० दिने कार्यक्रममा पनि कोभिड विरुद्धको खोप वितरणको कामलाई प्रमुख महत्वका साथ राखेका छन् ।

निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस महामारी बारे विवादास्पद अभिव्यक्ति दिइरहेका बेला बाइडेनले भने अमेरिकीहरुमाझ गम्भीर भएर यसको नियन्त्रणमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.