उचाइ र धुलो
अर्कैको पर्खालमाथिको
ऊ बेस्सरी कुर्लियो—
म को हुँ भनेर ?
यो हैसियत र विरासत
आदि–आदि
ढल्नै लागेको पर्खाल हेर्दै
श्रोताहरू भने किचिने भयले
पर–पर सर्दै थिए।
निमेषमै गल्र्याम्म आवाज आयो
धुलो र धुवाँले केही देखिएन
श्रोताहरू खोज्दै थिए
त्यहीँ कतै भेटिन्छ कि भनेर
रै पनि केही भेडाहरू भने
उहाँ अझै माथि नै हुनुहुन्छ भनेर
माथि–माथि हेर्दै थिए।
तर अफसोस् !
ऊ टुप्पी पनि नदेखिने गरी पुरिएछ
सायद,
धरतीमा उचाइ र धुलोबीच
गहिरो नाता रहेछ।