पाल्पामा पनि आमहडतालको प्रभाव

पाल्पामा पनि आमहडतालको प्रभाव

पाल्पा : सरकारको असंवैधानिक कदमविरुद्ध नेकपा प्रचण्ड- माधव नेपाल समूहले गरेको देशव्यापी आमहडतालको प्रभाव पाल्पामा पनि परेको छ । आमहडतालको कारण पाल्पाको जनजीवन पूर्णरुपमा प्रभावित भएको छ । 

पाल्पामा लामो तथा छोटो दुरीका सवारी साधन संचालनमा आएका छैनन् भने उधोग धन्दा कलकारखाना, शैक्षिक संस्था व्यापार व्यवसाय पूर्णरुपमा बन्द रहेका छन् । कोरोना संक्रमणका कारण लामो समयसम्म बन्द पछि संचालनमा रहेका शैक्षिक संस्थामा पनि आमहडतालको प्रभाव परेको छ । 

पाल्पामा भएर संचालन हुने सिद्धार्थ राजमार्ग, तानसेन तम्घास सहायक राजमार्गमा एम्वुलेन्स, दूध, पानी, शव बहान, फोहोर फाल्ने सवारी साधन मात्र संचालनमा आएका छन्। सर्वसाधारणका सवारी साधन भने चलेका छैनन् ।  

आमहडताल सफल बनाउन तानसेनका चोकचोकमा नेकपा प्रचण्ड- माधव नेपाल समूहका कार्यकर्ताहरु उत्रिएका छन् । आमहडतालको कारण शान्ति सुरक्षामा खलल नहोस् भनी चोक चोकमा नेपाल प्रहरी तथा शसस्त्र प्रहरी तैनाथ छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.