सवारी दुर्घटनामा परी गोरखामा एकको मृत्यु
गोरखा : बिहीबार गोरखामा भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।
गोरखा आँबुखैरेनी सडकको नौ किलो सडकखण्डमा बस र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा अजीरकोट गाउँपालिका ३ हंशपुरका ३२ वर्षीय केशव दुवाडीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उपचारका लागि गोरखा अस्पताल ल्याउँदै गर्दा बाटोमै दुवाडीको मृत्यु भएको हो ।
गोरखातर्फ आउँदै गरेको बाग्मति प्रदेश ०२–०२२ प ६४२२ नम्बरको मोटरसाइकल र गोरखाबाट चितवन जाँदै गरेको ग १ ख ४५२२ नम्बरको यात्रुवाहक बस दिउँसो पौने तीन बजे आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए ।
घाइतेमध्ये अर्का सिरानचोक गाउँपालिका ८ का १७ वर्षीय विशाल पन्तको चितवनमा उपचार भइरहेको छ । उनी मोटरसाइकल चालक थिए।
प्रतिक्रिया दिनुहोस !