बीपीका उपकुलपतीको कार्यकक्षमा तालाबन्दी

बीपीका उपकुलपतीको कार्यकक्षमा तालाबन्दी

धरान : भष्ट्रचारको अखडा बनेको बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानको उपकुलपती डा. ज्ञानेन्द्र गिरीको कक्षमा तालाबन्दी गरिएको छ। प्रतिष्ठान सुधार लगायतका माग राखेर आन्दोलनमा उत्रिएका चिकित्सकहरुले बुधबार गिरीको कार्यकक्षमा तालाबन्दी गरेका हुन्। 

मेडिकल तथा डेण्डल फेकाल्टी कल्याण समाजका अध्यक्ष डा. विष्णु पखरेलको नेतृत्वमा आन्दोलनमा उत्रिएका चिकित्सकहरुले उपकुलपति गिरीको कार्यकक्षमा तालाबन्दी गरेका छन्। प्रतिष्ठानका पदाधिकारीहरु उपकुलपती डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर साहले प्रतिष्ठान सुधार गर्न पहल नगरी प्रतिष्ठानलाई धरासायी बनाएको भन्दै प्रतिष्ठानका चिकित्सकहरु आन्दोलित भएको समाजका अध्यक्ष पोखरेलले बताए। 

आन्दोलित चिकित्सकहरुले  प्रतिष्ठान सुधार गर्न पदाधिकारीले पहल नगरेको, तीन वर्ष अगाडिदेखि रोकिएको बढुवा प्रकृया अगाडि नबढाएको, कोरोना महामारीको जोखिम भत्ता नदिएको, २०७७ सालको बृद्धि भएको तलव उपलबध नगराएको, इन्टरनेट सेवा सुधार नगरेको, विद्युत चोरी नियन्त्रण गर्नुपर्ने लगायतका माग राखेर आन्दोलित भएका छन्। आन्दोलनमा उत्रिएका चिकित्सकहरुले यस अगाडि शिक्षाध्यष डा. गुरु खनालको कार्यकक्षमा समेत तालाबन्दी गरेका छन्। 

यहाँका पदाधिकारीहरुले प्रतिष्ठानको हितमा भन्दा प्रतिष्ठानलाई कमाईखाने भाडो बनाएको भन्दै आन्दोलित चिकित्सकहरुले आरोप लगाएका छन्। प्रतिष्ठानका सिनियर चिकित्सक डा. प्रकाश पराजुलीले प्रतिष्ठानमा भएका आर्थिक अनियमितताका घटनाको छानविन गरी दोषी उपर कडा कार्वाही गर्न प्रतिष्ठानको कुलपती समेत रहेका प्रधानमनत्री केपी ओलीसमक्ष माग गरेका छन्। पछिल्लो समय प्रतिष्ठानमा नियुक्ति लिएर आउने पदाधिकारीहरु प्रतिष्ठान सुधार गर्नभन्दा पनि व्यक्तिगत स्वार्थमा बढी सक्रिय भएका कारण प्रतिष्ठानको अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको उनको भनाइ छ। 

तीन वर्ष अगाडिदेखि चिकित्सकहरुको बढुवा रोकिंदा विभिन्न विभागहरु संचालनमा गम्भीर समस्या भएको, यसले बिरामीको उपचारमा समेत समस्या सिर्जना गरेको समाजका महासचिव एसपी रिमालले बताएका छन्। उनले प्रतिष्ठान जस्तो अति संवेदनशील क्षेत्रमा फोहोर व्यवस्थापन नहुँदा दुर्घन्ध फैलिएको बताए। महासचिव रिमालले तत्काल प्रतिष्ठानका चारैजना पदाधिकारीहरुले चिकित्सकहरुका जायज मागलाई पूरा नगरे आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएका छन्। 

प्रतिष्ठान एक अर्ब ७ करोड घाटामा पुग्दा समेत उपकुलपती डा. गिरीले अबैध रुपमा आफन्तलाई भर्ती गरेका छन्। प्रतिष्ठानको कर्मचारी कल्याण समाजका कार्यबाहक अध्यक्ष उमेश थापाले सरकारले सक्षम व्यक्तिलाई पदाधिकरीमा नियुक्त नगरेका कारण प्रतिष्ठानको अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको बताए। प्रतिष्ठानका सहायक प्रवक्ता डा. चुडामणि पोखरेलले चिकित्सकहरुले पदाधिकारीहरुको कार्यकक्षमा लगाएको तालाबन्दीले प्रतिष्ठानको दैनिक काममा बाधा पुगेको बताए। उनले चिकित्सकहरुका मागलाई पदाधिकारीहरुबाट सम्बोधन गर्ने पहल भैरहेको जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.