रोहिंज्याहरु चढेको डुंगा पल्टिँदा ८ को मृत्यु
क्वालालम्पुर: बंगलादेशबाट ९० रोहिंज्याहरु बोकेर छुटेको डुंगा मलेसियाको समुद्री तटमा दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ ।
यात्रुहरुमध्ये ६५ जना महिला तथा बालबालिका थिए । दुर्घटनापछि केही यात्रुसहित उक्त डुंगामा खाद्यान्न र पानीको अभाव रहेको बताइएको छ । जुन अण्डामन टापु नजिकै समुद्री तटमा रहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
बङ्गलादेशका शरणार्थी शिविरहरूमा रहेका मुस्लिम अल्पसंख्यक समुदाय हरेक वर्ष सुरक्षित अवतरणका लागि समुद्री मार्ग हुँदै असुरक्षित यात्रा गर्ने गर्छन् । यसरी ज्यान नै जोखिममा राखेर यात्रा गर्दा हरेक वर्ष सयौँ शरणार्थीहरुको ज्यान जाने गरेको छ ।
बंगलादेश सहित दक्षिण एसियाली देशहरुमा अनागरिकको हैसियतमा बसिरहेका रोहिंज्या समुदाय पहिचानको खोजीमा देश छाडेर विभिन्न देशमा जाने क्रम बढ्दो छ ।