प्रतिष्ठान छाड्दै डाक्टर

प्रतिष्ठान छाड्दै डाक्टर

धरान : स्वास्थ्य सेवामा एसियामै नमुना मानिएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान एकपछि अर्को विवादमा तानिएको छ। पछिल्लो समय भ्रष्टाचारको अखडा बनेपछि प्रतिष्ठानका अनुभवी चिकित्सक र स्वास्थ्यकर्मीले धमाधम जागिर छाड्न थालेका छन्। 

प्रतिष्ठान व्यवस्थापनसँग असन्तुष्टि जनाउँदै चिकित्सक, नर्सिङ स्टाफ र अनुभवी कर्मचारी जागिर छाडेर अन्यत्र गएका छन्। एक वर्षमा जागिर छाड्नेको संख्या १ सय ५२ पुगेको कर्मचारी प्रशासन शाखा प्रमुख उमेश कोइरालाले जानकारी दिए। अधिकांशको राजीनामा स्वीकृत भइसकेको उनले बताए। 

राजीनामा दिनेमा विशेषज्ञ चिकित्सकसहित ६३ जना डाक्टर, २७ स्टाफ नर्स, रेडियोलोजीका प्राविधिक र अन्य कर्मचारी रहेका कोइरालाले जानकारी दिए। जागिर छोड्ने अनुभवी चिकित्सकले प्रतिष्ठानमा राजनीति हावी भएको, निर्वाध रूपमा काम गर्ने वातावरण नभएको, समयसापेक्ष सेवासुविधा नभएको जस्ता कमजोरी देखाएका छन्। निजी अस्पतालभन्दा यहाँ राम्रो सुविधा भए पनि स्टार्फ नर्सले धमाधम जागिर छोडिरहेका छन्। 

अनुभवी चिकित्सक प्रतिष्ठानबाट अलग भएपछि बिरामी पनि अन्यत्र जान थालेका छन्। आँखा विभाग प्रमुख प्राडा बद्रीप्रसाद बडू, प्रसूति विभागका प्रमुख प्राडा शैलजा क्षेत्री, डा. तरुण प्रधान, डा. रुविना राई र रविन्द्र भट्टले प्रतिष्ठान छाडेका छन्। सर्जरी विभागका डा. रोशन गुरुङ, डा. गजेन्द्र दास, मानसिक विभागका डा. निधेस सापकोटा, छाला विभागकी प्राडा अर्पना रिजाल अन्यत्र गएका छन्। त्यसैगरी प्रमाकोलोजीका प्राडा हिमालप्रसाद संग्रौला, इमरजेन्सीका डा. सरोज गिरीलगायतले पनि राजीनामा गरेका छन्। 

प्रतिष्ठान सुधारको जिम्मा लिएका पदाधिकारीले सही ढंगले आफ्नो जिम्मेवारी सम्हाल्न नसकेका डिनसमेत भइसकेका प्राडा बडूले बताए। आवश्यक उपकरण र स्रोतसाधन उपलब्ध नगराएकाले सेवाग्राहीलाई राम्रो सेवा दिन नसकेपछि आफू प्रतिष्ठानबाट अलग हुनु परेको उनले प्रष्ट्याए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.