अटो दुर्घटनामा चालकको मृत्यू
इलाम : इलामको सूर्योदय नगरपालिका ९ पान्दाममा अटो पल्टिँदा चालकको मृत्यु भएको छ । आइतबार बिहान पान्दामबाट फिक्कलतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ह ७९०१ नम्बरको अटो अनियन्त्रित भएर पल्टिँदा ४२ वर्षीय चालक सुखमान राईको मृत्यु भएको हो ।
अटोले थिचेर घाइते भएका उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा उपचारको क्रममा मृत्यु भएको प्रहरी चौकी फिक्कलका इन्चार्ज जालन्धर बरालले जानकारी दिए । शवलाई अहिले पोष्टमाटमको लागि प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
केहि दिनअघि मेची राजमार्गको इलाम नगरपालिका–७ तिल्केनि मोडमा अर्का अटो चालकको मृत्यु भएको थियो । इलाम बजार बाट गोलाखर्कतर्फ जाँदै गरेको मे.१ह.३०२२ नम्बरको अटो अनियन्त्रित भइ बाटोदेखि अन्दाजी १५ मिटर तल झर्दा घाइते भएका इलाम नगरपालिका ९ का २० बर्षिय अबिकल सुन्दासको पनि उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो ।
अटोमा युवा आकर्षण वृद्धि भएपनि अनुभव र दक्षताको अभावको कारण दुर्घटना दर बढेको प्रहरीको भनाइ छ । अघिकांश चालक सवारी चालक अनुमति पत्र नभएपनि अटो सञ्चालन गरिरहेका छन् ।
इलाममा अटो दुर्घटना भएर चालकको मृत्यु भएपछि प्रहरीले अटोको निगरानी बढाएपनि नियमन गर्न सकेको छैन । स्थानीय सरकारलाई अटोको रुढ परर्मिटको सिफारिस गर्ने अधिकार भएपनि सूर्योदयमा करिब ३८ वटा अटो अस्थायी रुढ पर्मिटको भरमा चलिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस !