गोरखामा सामाजिक सुरक्षा भत्ता वितरण : आएन बैंकिङ प्रणालीमा

गोरखामा सामाजिक सुरक्षा भत्ता वितरण : आएन बैंकिङ प्रणालीमा

गोरखा : गोरखाका अधिकांश स्थानीय निकायले सामाजिक सुरक्षा भत्ता हातहातमा बाँड्ने गरेका छन्। सरकारले यस्तो भत्ता बैंकिङ प्रणालीमार्फत वितरण गर्नुपर्ने व्यवस्था गरेपनि बैंकले नमान्दा हातमै दिनुपर्ने अवस्था छ। 

गोरखाका ११ वटा पालिकामध्येतीन वटाले मात्र बैंकमार्फत भत्ता बाँड्ने गरेका छन्। यसरी बाँड्नेमा पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र सहिद लखन गाउँपालिका छन्। सदरमुकाम रहेको गोरखा नगरपालिका, गोरखाकै दोस्रो ठूलो बजार रहेको आरुघाट गाउँपालिका, पृथ्वीराजमार्गसँग जोडिएको गण्डकी गाउँपालिका, भीमसेनथापा गाउँपालिका, बारपाक सुलीकोट गाउँपालिका, अजीरकोट गाउँपालिका, धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिको अहिलेसम्म बैंकिङ प्रणालीबाट भत्ता वितरण गरेका छैनन्। 

गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए। ‘क’ वर्गका अपांग र हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकको हकमा इच्छाएको व्यक्तिको दस्तखत चल्ने गरी खाता सञ्चालन गर्ने व्यवस्था भएको छ। अरूले आफैंउपस्थित भएर बैंकबाट भत्ता बुझ्न सक्ने व्यवस्था गरिएको पन्तले जानकारी दिए।

आरुघाट गाउँपालिकाले पनि दोस्रो चौमासिक भत्ता बैंकबाट वितरण गर्ने गरी तयारीमा रहेको जनाएको छ। ‘क’ वर्गका अपांग र हिँडडुल गर्न नसक्नेलाई घरमै पुगेर भत्ता वितरण गर्ने र अरूलाई टोलटोलमा गएर वितरण गर्नेगरी बैंकसँग सम्झौता भइसकेको छ’, पालिकाका अध्यक्ष पूर्ण दाहालले भने, ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गतका कामदारको पारिश्रमिक पनि बैंकबाटै भुक्तानी दिने तयारी छ।’ 

सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैंकले अटेरगरिरहेको गण्डकी गाउँपालिकाले जनाएको छ।पालिकामा कृषि विकास बैंक मात्र छ। राजमार्गमा रहेका बैंक जिल्ला पनि फरक, प्रदेश पनि फरक रहेकाले भत्ता वितरणका लागि बाध्य बनाउन नसकिएको, पालिकाभित्र रहेको कृषि विकास बैंकले कर्मचारी अभाव भएको बहाना बनाएर भत्ता वितरणको काम गर्न अटेरी गरेको प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङले बताए। 

यस्तै चुमनुब्री गाउँपालिकाले पनि बैंकबाट भत्ता वितरण गर्न सकेको छैन। पालिकामा रहेको एउटा मात्र बैंक, कुमारी बैंकले इन्टरनेट सेवाको समस्या देखाएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसक्ने दाबी गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए। भत्ता लिन बैंकसम्म आउन जान पनि सेवाग्राहीलाई सकस हुने भएकाले हातहातै वितरण गर्नु नै उपयुक्त रहने उनले बताए। ‘सबै पालिकालाई बैंकिङ पहुँच छैन। बैंकसम्म पुग्न तीन, चार दिन हिँड्नुपर्ने अवस्था छ’, श्रेष्ठले भने, ‘अब सरकारले बैंकिङ प्रणालीमै जानुपर्छ भनेपछि जानु त पर्‍यो तर सजिलो छैन।’

एउटा मात्र बैंक सिभिल रहेको धार्चे गाउँपालिकाले पनि बैंकिङप्रणालीमा जान समस्या रहेको जनाएको छ। तेस्रो किस्ता भत्ता बैंक दिने गरी आगामी चैतदेखि काम सुरु गर्ने तयारीमा रहेको पालिकाका प्रमुख सन्तोष गुरुङले बताए। बारपाक सुलीकोट गाउँपालिकाले पनि अहिलेसम्म सामाजिक सुरक्षा भत्ता हातहातै वितरण गरिरहेको छ। भत्ता वितरणका लागि बैंकसँग सम्झौताको अन्तिम चरणमा रहेको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए। 

बैंकिङ प्रणालीमा जान प्रक्रिया सुरु भइसकेको भीमसेन थापा गाउँपालिकाले जनाएको छ। ‘अहिलेसम्म तीनवटा वडामा खाता खोल्ने काम सकिएको छ। बाँकी पाँचवटा वडामा खाता खोलेपछि आउँदो तेस्रो चौमासिकबाट बैंकिङ प्रणालीबाट भत्ता वितरण गर्न सक्छौं’, पालिकाका अध्यक्ष ईश्वर पाण्डेले जानकारी दिए। अजीरकोट गाउँपालिकामा पनि अहिलेसम्म हातहातै भत्ता वितरण भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.