इनरुवाका मेयरले गरिदिए एकसय ३० परिवारको स्वास्थ्य बिमा

इनरुवाका मेयरले गरिदिए एकसय ३० परिवारको स्वास्थ्य बिमा

धरान : सुनसरीको इनरुवा नगरपालिकाका मेयर राजन मेहताले एकसय ३० परिवारको निःशुल्क स्वास्थय बिमा गरेका छन्। मेयर मेहताले इनरुवा नगरपालिका वडा नम्बर २ का अतिविपन्न परिवारको निल्शुल्क स्वास्थय बिमा गरिदिएका हुन्। 

आर्थिक अभावका कारण स्वास्थय सेवाबाट वञ्चित हुँदै आएका मगर टोलका अतिविपन्न परिवारको मेयर मेहताले आफूले नगरपालिकाबाट लिएको तलव भत्ता रकमबाट निःशुल्क स्वास्थय बिमा गरिदिएको बताए। उनले आफ्नो सेवा सुविधाबाट प्राप्त गरेको तीनलाख ५० हजार रुपैयाँले विपन्न परिवारको स्वास्थय बिमा गरेका हुन्।

उनले स्वास्थय बिमा गरिदिएका परिवारको वर्षदिन पश्चात् पुनः नवीकरण गरिदिने समेत बताएका छन्। मेयर मेहताले स्वास्थय बिमा गरिदिएकोमा स्थानीय सुजित रानामगरले खुसी व्यक्त गरेका छन्। उनले विपन्न एकसय ३० घरपरिवारको एकमुष्ठ स्वास्थय बिमा गरिदिएकोमा मेयर मेहतालाई धन्यबाद दिएका छन्। 

सबै परिवारको फारम भरी सकेपछि रकम उपलब्ध गराउने मेहताले बताएका छन्। स्वास्थ्य बिमा कार्यक्रममा समेट्न लागिएको परिवारले जेठ १ गतेबाट स्वास्थ्य उपचार सेवा लिन पाउने छन्। बिमाको अवधी भने १ वर्षको रहने छ।

सो अवधीभित्र प्रत्येक परिवारले सरकारले निर्धारण गरे अनुरुपको सेवा वापत १ लाख बराबरको स्वास्थ्य उपचार पाउने छन्। त्यस पश्चात् भने सेवा निरन्तरताको लागि पुनः बिमा नवीकरण गर्नु पर्ने हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.