अनियमितता रोक्दै गाँउपालिका

अनियमितता रोक्दै गाँउपालिका

जुम्ला : विकासे योजना ठेक्का प्रक्रिया भन्दा उपभोक्ता समितिमार्फत जाँदा जनतामा रोजगारी सिर्जना भएर स्थानीय स्थरमा आयआर्जन हुने उद्देश्यले सरकारले ६० लाख भन्दा तलका योजना उपभोक्ता समिति मार्फत नै अगाडि बढाउने गरेको छ। 

यसरी हुने आयोजनाको काममा चरम अनियमितता हुँदा विकासे बजेटले विकास र रोजगारी भन्दा केही सिमित व्यक्तिहरु मोटाउने गरेको पाइन्छ। यस्तै समस्या आएपछि जुम्लाको तातोपानी गाउँपालिकाले सार्वजनिक खरिद ऐन तथा नियमावलीमा पास नै गरेर अनियमितता रोक्ने प्रयास गरेको छ।   

सार्वजनिक खरिद ऐन तथा नियमावलीमा स्पष्ट रुपमा उपभोक्ता समितिले काम गर्दा डोजर, लोडर आदि प्रयोग गर्न नहुने तोकिए पनि तातोपनि गााउँपालिकाका अधिकांश वडामा उपभोक्ता समितिले कार्यालयलाई जानकारी नगराई डोजर, लोडर आदि मेसिन प्रयोग गर्ने गरेका छन्। यस्तो अनियमितता रोक्न तातोपानी गाउँपालिकाले फागुन १९ गते सार्वजनिक खरिद नियमावली २०७७ पास गरेको हो। 

नियमावलीमा आफूखुसी डोजर र लोडर प्रयोग गरेको पाइएमा कारवाही हुने उल्लेख छ। यस्ता ह्याभी मेसिन प्रयोग गरेको पाइएमा २० देखि ४० प्रतिशतसम्म जरिवाना हुने उल्लेख गरिएको गाउँपालिकाका लेखा अधिकृत मिलन बुढथापाले जानकारी दिए। 

यो ऐन पास भएपछि गाँउपालिकाकाट उपभोक्ताले लाभ लिने अध्यक्ष नवराज न्यौपानेको भनाइ छ।

  
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.