गुम्बा जोगाउन जोड

गुम्बा जोगाउन जोड

इलाम : इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा रहेका लोपोन्मुख लाप्चा जातिको सय वर्षभन्दा पुरानो फेन्सोलिङ गुम्बा क्षेत्रमा स्थानीयले विरोध गरेका छन्। उक्त क्षेत्रमा सूर्योदय नगरपालिकाले ‘हेभी इक्युपमेन्ट’ प्रयोग गरेर पार्क बनाउन सुरु गरेपछि विरोध भएको हो। 

प्रदेश सरकारको बजेटमा पार्क बनाउने भन्दै गुम्बा नजिकको रूख काट्ने र डोजर चलाएर गुम्बाको बलेसीसम्म खन्ने काम भएपछि स्थानीय लाप्चा समुदायका युवाले काम रोकेर गुम्बा संरक्षणमा ध्यान दिन आग्रह गरेका हुन्। 

स्थानीय छेप्पल लेप्चाले भने, ‘राम्रो काम हुन लागेको होला भन्ने ठानेका थियांै। तर, गुम्बा नै लड्ने गरी डोजर चलेपछि मात्रै हाम्रो आँखा खुल्यो।’ वर्षौंदेखि अलपत्र गुम्बाको संरक्षणको साटो आसपासको गुम्बाको अस्तित्वमै आँच आउने गरी सुरु गरिएको निर्माण कार्यले सबैलाई चिन्तित बनाएको नेपाल आदिवासी जनजाति महासंघ सूर्योदय समितिका अध्यक्ष सोनाम यल्मुले बताए। पुरातत्त्व विभागलगायतका सरोकारवालाले पनि धार्मिक क्षेत्र अतिक्रमणको घटनालाई तत्काल चासो दिनुपर्ने उनले माग गरे। 

इलाममा लाप्चा समुदायको दुईवटा मात्रै गुम्बा रहेको स्थानीय युवा छेप्पल लाप्चाले बताए। उनले स्थानीय लाप्चा अगुवाहरूले समेत समुदायसँग पर्याप्त छलफल नगरी संरक्षण गरिनुपर्ने ठाउँमा दोहन सुरु गरेको बताए। 

१९९० र २०४७ सालको भूकम्पले चर्काएपछि बनाइएको गुम्बालाई २०६८ असोज १ र २०७२ वैशाख १२ को भूकम्पले थिलथिलो बनाएको छ। पूर्ण रूपमा क्षतिग्रस्त गुम्बासँगै नेपालकै लोपोन्मुख लाप्चा जातिको एक मात्र ऐतिहासिक सांस्कृतिक सम्पदासमेत समाप्त हुने खतरा बढेकोमा लाप्चा समुदाय चिन्तित छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.