गोरखामा आगो निभाउ गएका वृद्धको मृत्यु

गोरखामा आगो निभाउ गएका वृद्धको मृत्यु

गोरखा : डँडेलो निभाउने क्रममा गोरखामा एकजनाको मृत्यु भएको छ । आरुघाट गाउँपालिका वडा नम्बर ७ को सातदोबाटो सामुदायिक वनमा लागेको डँडेलो निभाउने क्रममा स्थानीय मोहन फेवाली मगरको मृत्यु भएको हो । 

वनको आगो घर नजिकैको परालको टौवामा आउन सक्ने भन्दै निभाउन गएका ७२ वर्षीय फेवाली मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

बुधवार राति आगो निभाउन गएका उनी लामो समय नफर्किएपछि खोजी गर्दा मृत भेटिएका एसपी शेखर खनालले जानकारी दिए ।

त्यस्तै बारपाक सुलिकोट गाउँपालिका ८ जराङका एक किसानको भैंसीलाई डडेलोले जलाएको छ । जंगलमा लागेको डढेलोबाट चरनमा लगेको भैंसीलाई पोलेर घाइते बनाएको भैंसी धनी शङ्खे रम्तेलले बताए । भैंसीको शरीरको विभिन्न भागमा पोलेर घाइते बनाएको रम्तेलले बताए ।

ब्याउने बेला भएको भैंसी डढेलोले पोल्दा रम्तेल चिन्तित छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.