ताप्लेजुङमा टिप्पर दुर्घटना : एक युवकको मृत्यु

ताप्लेजुङमा टिप्पर दुर्घटना : एक युवकको मृत्यु

ताप्लेजुङ : ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचामा भएको टिप्पर दुर्घटनामा परी लमजुङका एक युवकको मृत्यु गएको छ। प्रदेश ३–०१–०५ ख ९२७१ नंको टिप्पर दुर्घटना हुँदा लमजुङको दोर्दी गाउँपालिका–६ का अन्दाजी १९ वर्षीय कृष्ण विकको मृत्यु भएको हो।
 
दुर्घटनामा परी चालक यामबहादुर विक र मन्दीप लिम्बू घाइते भएको युनिटेक हाइड्रोपावरका जनसम्पर्क अधिकृत मोहन निरौलाले जानकारी दिए। उनीहरुको झापामा उपचार भइरहेको छ।

 
फावाखोलामा निर्माणाधीन युनिटेक हाइड्रोपावर निर्माणस्थलमा काबेली खोलाबाट बालुवा लिएर जाने क्रममा गएराति दुर्घटना भएको थियो। मृतक विक हाइड्रोपावर निर्माणको ठेक्का लिएको निर्माण कम्पनी, माछापुछ्रे इन्जिनियरिङ प्रालिका कामदार रहेको निरौलाले जानकारी दिए।
 
मृतकको शव जिल्ला अस्पताल ताप्लेजुङमा शवपरीक्षण गरी परिवारलाई जिम्मा लगाउने तयारी भएको जनाइएको छ। टिप्पर सडकबाट झण्डै ५० मिटर तल झरेको थियो। दुर्घटनाको कारण खुलेको छैन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.