राष्ट्रपति शैक्षिक कार्यक्रमका लागि ४ सय विद्यालय छनोट

काठमाडौं : राष्ट्रपति शैक्षिक कार्यक्रमका लागि मुलुकभरका ४ हजार दुई सय ५० सामूदायिक विद्यालय छानिएका छन्। छनोटमा परेका विद्यालयको सूचीसहितको प्रतिवेदन बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको योजनाको प्रतिवेदन हस्तान्तरण गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई सो प्रतिवेदन हस्तान्तरण गरेका हुन्।
सरकारले पहिलोपटक ५ अर्ब ६ करोड रुपैयाँ बराबरको कार्यक्रम सहितको प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा देशभरका ४ हजार २ सय ५० विद्यालयलाई छनोट गरेर रकम बाँडफाँड गरिएको छ। आवेदन परेका ६ हजार ९ सय २१ मध्य छनौटमा परेका ४ हजार २ सय ५० विद्यालयलाई १ करोडदेखि ६ लाख ५० हजार रुपैयाँसम्म उपलब्ध गराइएको छ। प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री ओलीले शिक्षामा नयाँ कामको थालनी भएको बताए।
सरकारले जनताले विश्वास गुमाएका र अपेक्षा गरिएको भन्दा बढी काम गरेको उनले दाबी गरे। उनले शैक्षिक क्षेत्रको विकासका लागि नयाँ–नयाँ योजनासहित अघि बढ्नुपर्ने धारणा व्यक्त गरे। जनताले विश्वास गुमाइसकेका मेलम्ची जस्तो योजनालाई सफल बनाएको उल्लेख गर्दै यस्ता दर्जनौ योजना अघि बढिरहेको उल्लेख गर्दै ओलीले भने, ‘हामीले सुरुङ बनाइसकेका छौँ, विमानस्थल निर्माण गरिसकेका छौँ, नदी नियन्त्रण गरेका छौँ। यतिमात्र होइन पछिल्लो समयमा नेपालको शिक्षामा ब्यापक सुधारको थालनी गरेका छौँ। ’
प्रतिक्रिया दिनुहोस !
