धरानमा खानेपानीको हा-हाकार

धरानमा खानेपानीको हा-हाकार

धरान : धरानमा खानेपानीको हा-हाकार भएको छ। घरमा जडान भएका धारामा खानेपानी नआएपछि धरानमा खानेपानीको हा-हाकार भएको हो। हप्ता दिनदेखि धरानका आधा जसो घरमा जडान गरिएका धारामा खानेपानी नआएपछि धरानको दैनिक जनजीवन कष्टकर बनेको छ। 

एसियाली विकास बैंकको २ अर्बको लगानीमा निर्माण थालिएको खानेपानी आयोजनाको काम लथालिङ छ। ठेकेदार कम्पनीले ९० प्रतिशत मात्र काम गरेको भएपनी आर्थिक चलखेलका कारण धरान उपमहानगरपालिकाले उक्त आयोजना जिम्मा लिएको छ। 

खानेपानी संस्थानलाई उपमहानगरपालिकाले खानेपानी व्यवस्थापन बोर्डमा समायोजन गर्दासमेत धरानवासीलाई खानेपानी वितरण गर्न सकेको छैन्। धरानमा दैनिक ३ करोड लिटर खानेपानीको माग छ। तर खानेपानी व्यबस्थापन बोर्डले सहज रुपमा खानेपानी वितरण गर्न नसकेका कारण धरानवासी काकाकुल बन्नु परेको  धरानका सामाजिक अभियन्ता हर्क साङपाङे बताए। 

उनले खानेपानी आयोजना निर्माणमा धरानका मेयर, उपमेय र खानेपानी व्यवस्थापन बोर्डका प्रमुख राजु पोखरेलले ठेकेदार कम्पनीसँग मिलेमतो गरेर सम्पन्न नहुँदै आयोजना जिम्मा लिएको भन्दै छानविन गरेर उनीविरुद्ध कडा कारवाही गर्न माग गरेका छन्। 

पानी अभावकै कारण होटल, कलकारखाना संचालनमा गम्भीर समस्या आएको छ। घरमा जडान भएका धारामा पानी नआएपछि धरानवासी मिनिरल वाटर किनेर दैनिकी चलाउन बाध्य भएका छन्। धारामा पानी आउन छाडेपछि दैनिक १० हजार लिटर पानी किनेर होटल संचालन गर्नु परेको ड्रिम ल्याड होटलका संचालक नारायण लिम्बुले गुनासो गरे।  

धरानमा पानी अभाव भए पनी खानेपानी व्यवस्थापन बोर्डले  खानेपानी वितरण नगर्नुको कारण प्रष्ट पार्न सकेको छैन। खानेपानी व्यवस्थापन बोर्डका प्रमुख राजु पोखरेलले खानेपानी वितरणमा गम्भीर समस्या उत्पन्न भएका कारण मर्मत गर्न समय लाग्ने बताए।

खानेपानी व्यवस्थापन बोर्डको लापरवाहिका कारण धरानमा समान रुपले पानी वितरण नहुँदा सयौँ परिवार खानेपानी सुविधाबाट बञ्चित भएको धरान ७ का दिलकुमार फोम्बोले बताए। 

धरानका  १४, १५, ८, ११, १९, ४, ९, १८, ९, ७, १२, २, १० नम्बर वडामा खानेपानी आएको छैन्। यी वडाका  घरमा खानेपानी नहुँदा निम्न आयश्रोत भएकाले एक घण्टा हिँडेर बम धारा, खत्री धारा, विष्णुपादुका, चारकोसेझाडी लगायतका स्थानबाट पानी ल्याउनु परेको छ। 

धरान १४ की झुनाकुमारी धमलाले धारामा प्रयाप्त पानी नआएकै कारण एकघण्टा हिँडेर बमधाराबाट पानी बोकेर गुजारा चलाउनु परेको बताइन्।

धरानमा कुल ३५ हजार निजी धारा छन्।  ३ सय ४ सार्वजनिक धरा जडान गरिएको भएपनी खानेपानी व्यवस्थापन बोर्डले सार्वजनिक धारामा पानी वितरण नगरेका कारण सुकुम्बासीलगायत निम्न आयश्रोत भएका सर्वसाधारण खानेपानी सुविधाबाट बन्चित हुनु परेको नेपाल बसोवास बस्ती संरक्षण समाजका केन्द्रीय महासचिव कुमार कार्कीले बताए । 

धरानका मेयर तिलक राईले खानेपानी आयोजनाको निर्माण सम्पन्न नगरी  योजना जिम्म लिनु अत्यन्तै गलत भएको बताए। उनले आफू निर्वाचित भएर आउनु अगाडि नै खानेपानी योजनाको काम जिम्मा लिएकाले पूर्ण रुपमा योजनाको काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.