सांसद पद खोसिएका चार नेताको मन्‍त्री पद ‘गुम्यो’

सांसद पद खोसिएका चार नेताको मन्‍त्री पद ‘गुम्यो’

काठमाडौं : बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (माओवादी केन्द्र)का चार सांसदको पद खोसिएको जानकारी दिँएसँगै उनीहरुको मन्‍त्री पद पनि गुमेको छ। 

माओवादी केन्द्रका सांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद् पदसँगै मन्‍त्री पदसमेत गुमेको हो। 

माओवादीले पार्टीको विधान विपरित अन्य दलको राजनीतिमा सहभागी भएको देखिएको भन्दै उनीहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो। मन्‍त्री रायमाझी, भट्ट र र चौधरीले स्पष्टीकरण नदिएको र साहले दिइको स्पष्टीकरण चित्तबुझ्दो नभएको माओवादी केन्द्रले संसद् सचिवालयमा पठाएको पत्रमा उल्लेख छ। 

‘पार्टीले कारवाही गर्यो। त्यो जानकारी सभामुखलाई पत्रमार्फत गरायो भने त्यो सांसद पद जान्छ’, संविधानविद् डा. भीमार्जुन आचार्य भन्छन्, ‘सांसद् पद गएपछि मन्‍त्री पद रहँदैन । मन्‍त्री पद पनि जान्छ ।’ 

माओवादी केन्द्रले दल त्यागसम्बन्धी ऐन २०७३ को दफा ३१ र ३२ बमोजिम स्पष्टीकरण माग्दै मन्त्रिपरिषद्बाट फिर्ता हुन दिएको निर्देशन अस्वीकार गरेको भन्दै कारवाही गरेको जानकारी संसद् सचिवालयलाई गराएको थियो। बिहीबार सोही जानकारी सभामुख सापकोटाले संसद्लाई गराएपछि चारैजना नेताको संसद् पदसँगै मन्‍त्री पदसमेत गुमेको हो। 

प्रधानमन्‍त्री केपी ओली नेतृत्वको सरकारमा रायमाझी ऊर्जा, भट्ट उद्योग, साह सहरी विकास र चौधरी श्रम तथा रोजगार मन्‍त्री थिए। 

बिना सांसद ६ महिनासम्म मन्‍त्री नियुक्त गर्न मिल्ने प्रावधान संविधानमा उल्लेख छ। संविधानको धारा ७८ अनुसार अब प्रधानमन्‍त्रीले फेरि उनीहरुलाई नियुक्त गर्न सक्ने संविधानविद आचार्यको भनाइ छ। 

‘६ महिनाका लागि बिना सांसद मन्‍त्री नियुक्त गर्ने हो भने फेरि प्रधानमन्‍त्रीले नयाँ नियुक्ति गर्नुपर्छ’, आचार्य भन्छन्, ‘संविधानको धारा ७८ ले यो व्यवस्था गरेको छ ।’ 

मन्‍त्री पद मुक्त हुने र नियुक्तिको संवैधानिक व्यवस्था 


 

मन्‍त्रीमा उहाँहरुले निरन्तरता पाउनुहुन्छ : भट्टराई 
संसद र मन्‍त्री पद खोसिए पनि केपी ओलीलाई छोड्न नचाहने नेतालाई पार्टीले मन्‍त्रीमा निरन्तरता दिने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । 

‘प्रतिनिधिसभा सदस्य भएको नाताले उहाँहरु मन्‍त्री हुनुभएको हो। सदस्य नभएको स्थितिमा उहाँहरुलाई ६ महिनासम्म मन्‍त्री बनाउन मिल्छ। ६ महिनासम्म सांसद नभए पनि मन्‍त्री बन्न पाउने व्यवस्था छ उहाँहरुले निरन्तरता पाउनुहुन्छ’, भट्टराईले भने, ‘चारैजना नेता सांसद नहुँदा र मन्‍त्री पद खुस्किए पनि एमाले र केपी ओलीसँग बस्न तयार हुनुहुन्छ। हाम्रा लागि यो सुखद हो ।’ 

भट्टराईले अहिले सांसद पद छोडेर केपी ओलीलाई छोड्न नचाहने नेता कति छन् भनेर हिसाब भइरहेकोसमेत बताए। ‘सांसद पद छोडेर पनि केपी ओलीलाई छोड्न नचाहने कति नेता हुनुहुन्छ  भनेर हामी हिसाब पनि गर्दैछौँ’, उनले थपे।  
 
चार मन्‍त्रीको सांसद पद खोसिएको जानकारी संसद् बैठकमा सभामुख सापकोटाले सुटुक्क ल्याएको आरोप भट्टराईको छ। ‘कार्यव्यवस्था समितिमा छलफल पनि नभएको र कार्यसूचीमा पनि नभएको विषयमा सभामुखले जानकारी गराउनु भयो’, भट्टराईले सभामुखको भूमिकाप्रति टिप्पणी गर्दै भने, ‘यो उहाँको शैली अचम्मको छ ।’ 

यता सभामुखको सचिवालयले भने सचिवालयमा दलले सांसदलाई गरेको कारवाहीको पत्र आएपछि सभामुखले जानकारी गराउनु सामान्य भएको बताएको छ। ‘संसदमा जुनसुकै दलले पनि आफ्ना दलका सदस्यलाई कारवाही गर्यौँ भनेर पठाएको जानकारी गराउनु स्वभाविक हो’, सचिवालय स्रोतले भन्यो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.