अस्पताल अनुगमन

अस्पताल अनुगमन

विराटनगर : प्रदेश १ मा कोरोना संक्रमण बढ्न थालेपछि अस्पतालको अवस्था सुधार गर्न प्रदेश सरकारले चासो लिएको छ। जनशक्ति व्यवस्थापनसँगै अन्य पक्ष सुधार्न सरकार जुटेको हो।

आइतबार राति झापाका ९२ वर्षीय वृद्धको कोरोना संक्रमणले विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ। प्रदेश सरकारले स्थापना गरेको सो केन्द्रको सोमबार सामाजिक विकासमन्त्री उषाकला राईले निरीक्षण गरेकी छिन्।

केन्द्र पूर्णरूपमा सञ्चालनमा आएको र एकै पटक कम्तीमा एक सय जनालाई उपचार गर्न सकिने उनको भनाइ छ। ‘पहिले संक्रमित नहुँदा बन्द भएको अस्पताल अहिले पूर्णरूपमा चालू भएको छ,’ उनले भनिन् ‘हामी अब कम्तीमा एक सय र बढीमा १ सय ८० जनालाई एकैपटक राखेर स्वास्थ्यको निगरानी गर्न सक्छौँ।’

अहिले प्रदेशका जुनै जिल्लामा संक्रमणको लक्षण देखिनासाथ धरानस्थित बीपी प्रतिष्ठानको कोभिड अस्पताल र विराटनगर ल्याउने गरिएको छ। अब प्रत्येक जिल्लामा १० बेडको कोभिड डेस्क बनाएर अस्पताल सञ्चालन गर्न सबै जिल्ला अस्पताललाई निर्देशन दिइएको मन्त्री राईले बताइन्। 

उनले भनिन् ‘संक्रमण फैलँदै जाने आशंकामा हामीले जिल्ला अस्पताललाई पनि तयारी अवस्थामा रहेर १० जना कोरोना संक्रमितलाई राखेर उपचार गर्ने व्यवस्था बनाउन निर्देशन दिएका छौँ।’

प्रदेश १ मा कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि अस्पताल र उपचारमा खटिने कर्मचारीको अवस्था बुभ्mन मन्त्री राई अस्पतालको निरीक्षणमा निस्किएकी हुन्। भारतीय सीमा व्यस्थित गर्न प्रदेशले चासो लिएको छ। 

प्रदेश १ मा दैनिक सात प्रतिशतका दरले संक्रमित बढिरहेकाले यो समस्या हल गर्न सीमा सिल गरेर निगरानी बढाउनुपर्ने सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द्र कार्कीले बताए। अबको एक साताभित्र यसबारेमा स्पष्ट निर्णय आउने उनको भनाइ छ। यो प्रदेशमा चैत २० पछिको १० दिनको अवधिमा संक्रमण दर सात प्रतिशतले बढिरहेको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.