हेलिकोप्टरबाट हलेसी र पाथीभरा दर्शन

हेलिकोप्टरबाट हलेसी र पाथीभरा दर्शन

धरान : होलिडेज प्रालीले पर्यटकीय सहर धरानदेखि खोटाङको हलेसी महादेवको मन्दिर र ताप्लेजुङको पाथीभरा दर्शन गराउने भएको छ । नयाँ वर्ष २०७८ को अवसरमा धरान होलिडेज प्रालीले आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरी यहि वैशाख ५ गतेदेखि हेलिकोप्टरबाट यात्रा गराउन लागेको हो । 

धरान होलिडेज प्रालीले बिहीबार पत्रकार सम्मेलन गरी प्रदेश १ को पर्यटन प्रवर्द्धन थप टेवा पुर्याउने  उद्देश्यले हेलिकोप्टरबाट धार्मिक तथा पर्यटकीय स्थलह्को भ्रमण प्याकेज ल्याएको जानकारी दिएको छ ।

हलेसी र पाथीभरा दर्शन गर्नेहरुका लागि प्रति व्यक्ति ३० हजार र सोलुखुम्बु,संखुवासभा र ताप्लेजुङ जिल्लाको रमणीय हिमश्रृंखलाको दृष्यअवलोकन गर्न ७० हजार शुल्कमा हवाई यात्रा गराइने धरान होलिडेजका अध्यक्ष कुन्दन श्रेष्ठले बताए । उनले हवाई यात्राका लागि एयर डाइनेस्टिक हेलिकोप्टरसँग सम्झौता भइसकेको जानकारी दिए । 

आर्थिक अभावका कारण धार्मिक पर्यटकीय स्थलहरुको दर्शन गर्न नपाएका सर्वसाधारणका लागि सहकारीमार्फत नयाँ प्याकेज पनि ल्याइएको छ । धरान होलिडेजका प्रबन्ध निर्देशक अमृत मानन्धरले सहकारीमार्फत हवाई यात्रा गर्नेहरुलाई दैनिक एकसय रुपैयाँ बचत गरे विनाव्याजमा हेलिकोप्टरबाट हलेसी र पाथीभराको दर्शन गराइने जानकारी दिए ।

सहकारीमार्फत हवाई यात्रा गर्नेहरुका लागि धरान, इटहरी र विराटनगरका दर्जन बढी सहकारीमार्फत यो सुविधा ल्याइएको उनको भनाइ छ । दैनिक सय रुपैयाँ जम्म गर्न नसक्नेहरुका लागि मासिक २ हजार ५ सय रुपैयाँ बचत गर्न सकेपनि हवाई यात्रा गराइने उनले जानकारी दिएका छन् । 

धरान होलिडेजले २०७६ देखि यस क्षेत्रको पर्यटन प्रर्बद्धनमा टेवा पुर्याउने उदेश्यले वैशाख हेलिकोप्टरबाट प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गराउन थालेको हो । 

गत वर्ष कोरोनाका कारण रोकिएको हवाई यात्रा कोरोना कम भएसँगै पुनः सुचारु गर्न लागिएको प्रबन्ध निर्देशक मानन्धरले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.