भोजपुर गोल्डकप : खोटाङको विजयी सुरुवात
भोजपुर : चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिता आइतबार सुरु भएको छ। मोफसलकै सर्वाधिक धनराशि रहेको प्रतियोगिताअन्र्तगत भगवती स्पोर्टस् क्लब खोटाङले विजयी सुरुवात गरेको छ।
स्थानीय टुँडिखेलको मैदानमा भएको पहिलो खेलमा भगवती स्पोर्टस्ले धरान फुटबल क्लब सुनसरीलाई ट्राईबेकरमा ३–१ गोलअन्तरले हराउँदै विजयी सुरुवात गरेको हो। निर्धारित समयसम्म १÷१ गोलको बराबरी भएपछि खेलमा समय थप गरिएको थियो। थपिएको समयमा पनि दुवै टिमबाट गोल हुन नसकेपछि खेलको नतिजा ट्राईबेकरमा पुगेको थियो।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको २१ औँ मिनेटमा धरानका तपन कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि पहिलो हाफकै २८ औँ मिनेटमा खोटाङका शरद राईले गोल गरेर खेल बराबरीमा ल्याएका थिए। बराबरीपछि ट्राईबेकरमा खोटाङले ३–१ को नतिजा आफ्नो पोल्टोमा पार्यो। यस्तै दोस्रो खेलअन्र्तगत सोमबार सगरमाथा युथ क्लब मोरङ र आयोजक भोजपुर फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
नकआउट चरणबाट खेलाइने प्रतियोगितामा अफ्रिकन रुट्स एसोसियसन, धनकुटा फुटबल क्लब, धरान फुटबल क्लब, रेडहर्स फुटबल क्लब इलाम, सगरमाथा युथ एसोसियसन मोरङ, गोर्खा ब्वाइज रूपन्देही, भगवती
स्पोर्टस् क्लब खोटाङ र आयोजक भोजपुर फुटबल टिम गरी ८ टिमको सहभागिता छ।
भोजपुर जिल्ला फुटबल संघको आयोजना, भोजपुर नगरपालिकाको मुख्य प्रायोजन तथा चौधरी ग्रुपको सहप्रायोजन छ।
प्रतिक्रिया दिनुहोस !