भोजपुर गोल्डकप : धनकुटालाई हराउँदै अफ्रिकन रुट्स सेमिफाईनलमा

भोजपुर गोल्डकप : धनकुटालाई हराउँदै अफ्रिकन रुट्स सेमिफाईनलमा

भोजपुर : अफ्रिकन रुट्स एशोसियसन क्यामरुन भोजपुरमा जारी चौथो अन्र्तराष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ। मंगलबार धनकुटा फुटबल क्लबलाई ३–० गोलले हराउँदै अफ्रिकन टोली सेमिफाईनल पुगेको हो। 

स्थानीय टुँडिखेलमा भएको तेश्रो क्वार्टरफाईनलमा पहिलो हाफको ४० औँ मिनेटमा अफ्रिकन रुट्सका एमफोमोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको दोश्रो हाफको ४६ औँ मिनेटमा अफ्रिकन रुट्सका सिएम्बाकोपाले सुन्दर गोलले जाली चुमाउँदै टिमको अग्रता दोब्बर पारे। त्यसको ६१ औँ मिनेटमा मेघाबोटुले गोल थप्दै अफ्रिकन रुट्सलाई ३–० गोल अन्तरमा पु¥याए। निर्धारित समयमा पनि धनकुटाले कुनै गोल फर्काउन सकेन।

केही सुन्दर अवसर पाएपनि धनकुटाले गोल गर्न नसकेपछि अफ्रिकन टोलीले फराकिलो गोलअन्तरमा जित हासिल ग¥यो। हारसँगै धनकुटा टोली प्रतियोगिताबाट बाहिरिएको छ। धनकुटासँगै धरान र मोरङ पनि प्रतियोगिताबाट बाहिरिएका छन्। 

प्रतियोगिता अन्र्तगत बुधबार रेडहर्स क्लब इलाम र गोर्खा ब्वाइज रुपन्देहीबिच खेल हुनेछ। प्रतियोगिता ११ गते सम्पन्न हुने आयोजकले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.