प्रदेश १ मा कोरोना: १ सय १६ संक्रमित थपिए

प्रदेश १ मा कोरोना: १ सय १६ संक्रमित थपिए

विराटनगर: प्रदेश १ मा शुक्रबार १ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा सबै भन्दा धेरै मोरङमा रहेका छन् ।

मोरङमा एकै दिन ७२, झापामा १४, सुनसरीमा ९, उदयपुरमा ४, धनकुटा र भोजपुरमा ३–३, संखुवासभामा २, तेह्रथुम, इलाम, ताप्लेजुङ र ओखलढुङ्गामा १/१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ५४, बुढीगंगामा ८, रंगेलीमा ३, कटहरीमा २, कानेपोखरी, सुन्दरहरैचा, धनपालथान, उर्लाबारी र बेलबारीमा १/१ जना संक्रमित थपिएका छन् ।

यस्तै झापाको  दमक र अर्जुनधारामा ४/४,भद्रपुरमा २, कनकाई, मेचीनगर, बिर्तामोड र झापा गाउँपालिकामा १/१, सुनसरीको  धरानमा ४, इटहरी र इनरुवामा २/२ र बराहक्षेत्रमा १, उदयपुरको  कटारीमा ४ जनामा संक्रमण देखिएको छ ।

पहाडी जिल्लामा पनि संक्रमित थपिन थालेका छन् । धनकुटाको महालक्ष्मी, पाख्रीबास र धनकुटा नगरपालिकामा १/१, भोजपुरको षडानन्द, टेम्केमैयुङ र भोजपुर नगरपालिकामा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै संखुवासभाको धर्मदेवी र सिलिचोङमा १/१, तेह्रथुममा १, इलाममा १, ताप्लेजुङको पाथीभरा याङवरकमा १ र ओखलढुङ्गामा१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्याहाल सम्म३१ हजार १ सय ८६ पुगेको छ । संक्रमितमध्ये २९ हजार ९ सय ३५ जना संक्रमणमुक्त भएका छन् । यो पहिलो चरणको संक्रमितसहितको तथ्याङ्क हो ।

पछिल्लो समय सक्रिय संक्रमितको संख्याभने ७ सय ७६ पुगेको छ ।प्रदेश १ माशुक्रबार ५ सय १९ जनाको पीसीआर परीक्षण गर्दा ५३ महिला र ६३ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.