भारतीयलाई नेपाल प्रवेशमा प्रतिबन्ध

भारतीयलाई नेपाल प्रवेशमा प्रतिबन्ध

धरान : सुनसरीमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि सुनसरीको नेपाल–भारत सीमा क्षेत्रबाट भारतीय नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाइएको छ। सुनसरीको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरी भारतीयलाई नेपाल प्रवेशमा रोक लगाइएको हो। 

कोराना भाइरस नियन्त्रणका लागि सीमा क्षेत्रमा भारतीय नागरिकहरुको आगमन वृद्धि भएसँगै सशस्त्र प्रहरी बलको ४ नम्बर गण सुनसरीले सीमानाका सील गरेको सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले जानकारी दिए। उनले सुनसरीको कोसी, हरिनगरा, देवानगन्ज, बर्जु र भोक्राहा नर्सिङ गाउँपालिकाका सबै सीमा सिल गरी भारतीय नागरिकहरुलाई नेपाल प्रवेशमा रोक लगाइको बताए। 

सशस्त्र प्रहरीले बढी मात्रामा भीड हुने सुनसरीका भाण्टाबारी, घुस्की, लौकही, देवानगन्ज, कप्तानगन्ज, वसन्तपुर लगायतका स्थानमा प्रयाप्त सशस्त्र प्रहरी परिचालन गरी यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको सशस्त्र प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए। 

सशस्त्र प्रहरीले चौबीसै घण्टा सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिको छ। सप्तकोसी पूर्वी तटबन्द निर्माणको काम भैरहेकाले परियोजनाका कर्मचारी बाहेक अन्य भारतीय नागरिकहरुलाई नेपाल प्रवेश बन्द गरिएको सशस्त्र प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । सीमा क्षेत्रमा लुकिछिपी भारतीय नेपाल प्रवेश गरेको पाइएमा उनीहरुलाई पक्राउ गरी संक्रमण ऐन अनुसार कार्वाहि गरिने छ। 

सुनसरीमा कोरोना भाइरसका कारण एकसय ५९ जनाको मृत्यु भएको र एकसय ८७ जना नयाँ संक्रमित थपिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। उनले सरकारको निर्देशनलाई उल्लङ्घन गर्ने जो कोहिलाई पनि तत्काल पक्राउ गरी संक्रमण ऐन अनुसार कार्वाही गर्न प्रहरीलाई निर्देशन दिएको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.