सुनसरीमा एकसाता निषेधाज्ञा

सुनसरीमा एकसाता निषेधाज्ञा

धरान : कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीका कारण सुनसरीमा स्थानीय प्रशासनले शुक्रवार रातिदेखि लागु हुनेगरी निषेधआज्ञा जारी गरेको छ ।  कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि सुनसरीका १२ वटै स्थानीय निकायमा निषेधआज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकरी उमेशकुमार ढकालले जानकारी दिए । 

बिहीबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको डिसिसिएमसीको बैठकले सुनसरीलाई सुरक्षित बनाउन शुक्रवार १२ देखि २४ वैशाखसम्म निषेधआज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । शुक्रबार राति १२ बजेदेखि एक सतालाई निषेधाज्ञा हुने भएको हो । 

सुनसरीका धरान र इटहरी उपमहानगरपालिका, इनरुवा, दुहवी रामधुनी बराहक्षेत्र नगरपालिका तथा कोसी भोक्राहा नर्सिङ, हरिनगरा, बर्जु र गडी गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । 

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सर्वसाधारणलाई हिडडुल गर्न र सवारी साधन संचालन गर्न प्रतिबन्ध लगाइएको छ । प्रजिअ ढकालले निषेधाज्ञाको समयमा स्थानीय प्रशासनले निर्देशनलाई उलंघन गर्ने जोकोहीलाई सक्रमण ऐन अनुसार पक्राउ गरी कारवाही गर्ने चेतावनी दिएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.