पर्वतमा मलामी बोकेको जीप दुर्घटना, १७ जना घाइते, २ को अवस्था गम्भीर

पर्वतमा मलामी बोकेको जीप दुर्घटना, १७ जना घाइते, २ को अवस्था गम्भीर

पर्वत : पर्वतको कुश्मा नगरपालिका १० पिपलटारीमा शुक्रबार बिहान मलामी बोकको जीप दुर्घटना हुँदा पर्वतमा १७ जना घाइते भएका छन् । पर्वतको कुश्मा नगरपालिका १३ खौलालाँकुरीदेखि सदरमुकाम कुश्माबजारस्थित अस्पतालसम्म आउँदै गरेको ग २ च ५२१३ नम्बरको जीप कुश्मा नगरपालिका १० सिमखेतमा दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् । 

घाइतेमध्ये १६ वर्षीय अमन परियार र ५७ वर्षीय माने परियारलाई गम्भीर चोट लागेको छ । घाइतेहरुको अहिले पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएकालाई थप उपचारका लागि पोखरा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले बताए । 

घाइते हुनेमा एउटै गाउँका बलबहादुर परियार, डिलबहादुर परियार, रामचन्द्र परियार, शक्ति परियार, मिठु परियार, सुमित परियार, रविना परियार, अंकित परियार, उज्वल परियार, बाबुराम परियार, डिले परियार, मिन परियार, अनिनाथ परियार, अमृशा परियार र पृथ्वी परियार रहेका छन् । सामान्य घाइते रहेका चालक अनिनाथ परियारलाई प्रहरीको निगरानीमा उपचार भइरहेको छ । 

उनीहरु कुश्मा नगरपालिका १३ खौलालाँकुरीकै विष्णु परियारको अस्पतालमा मृगौला डायलासिस गराउने क्रममा मृत्यु भएपछि शव जिम्मा लिनका लागि अस्पताल आउने क्रममा दुर्घटना भएको हो । विष्णु परियारको पर्वत अस्पतालमा २३ गते मृत्यु भएको हो ।

क्षमताभन्दा बढी यात्रु बोकेको जीप ओरालो सडकमा अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय पर्वतले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.