खेतीपातीमै व्यस्त

खेतीपातीमै व्यस्त

भोजपुर : देशव्यापीनै कोभिड १९ को संक्रमणले आक्रन्त बनेपनि गाउँका किसानहरू भने आफ्नो खेतीपातीमा व्यस्त छन्। रोगभन्दा भोकछाक टार्ने किसानहरू यतिबेला खेतीपाती, मेलापातको चटारोमा छन्। 

भोजपुर नगरपालिका १० भैंसिपंखा जिमिगाउँका अर्जुन विष्ट दिनभर मजदुरी गरेर परिवारको जिविका टार्छन्। सानोतिनो ज्यालादारीले दुईछाक धान्ने उनी कोरोनाको लहर सुरु भएसंगै गाउँ फर्किएर दिनरात खेतीमा लागिपरेका छन्। कोरोना महामारी बजार क्षेत्रमा मजदुरी हुने छाँटकाट नदेखेपछि गाउँमै अरुको मेलापात र अधियामा खेतीपाती गर्न सुरु गरेका हुन्। मिठोमसिनो खाएरै धानेको खेतीपातीले योवर्ष राम्रै धान्नेमा अर्जुन र उनको परिवार विश्वस्त छन्। ‘रोगभन्दा ठूलो बाँच्नु हो, परिवार र नानीहरूको दुईछाक टार्नै भएपनि धान रोपिएको छ’ उनले भने, ‘कुन बेला पोहोरसाल झैँ लकडाउन हुने हो थाहा छैन, आफू र परिवार बाँच्नै भएपनि अर्काको खेत अधियामा लिएर खेतीमा लागियो’ 

भोजपुर नगरपालिका ५ बोखिमका सन्देश राईलाई पनि यतिबेला बेँसीखेत धाउन भ्याईनभ्याई छ। गाउँमा खेताला समेत पाउन गाह्रो छ। उनलाई साँझबिहानै हलोजुवा र एकहल गोरुले खेती उतार्न चटारो छ। बर्खा लागेसंगै खेतीका सिजनले उनी जस्तै अरु किसान पनि धान रोप्न मकै गोड्न व्यस्त छन्।  ‘के गर्नु मानो रोपेर मुरी फलाउने बेला हो, कोरोना रोगभन्दा हामीलाई परिवारको पेट भर्ने चिन्ताले पिरोल्छ’ उनले भने, ‘गाउँमा भने जति खेतालो पनि पाइन्न हिजोआज, खेतीपातीको चटारो छ, यो सकिएपछि केही हल्का हुन्छ कि’ अर्जुन र सन्देश जस्तै ग्रामीण कृषकहरू यतिबेला बालीनाली लगाउन व्यस्त छन्।

बर्षातको खेती सिजन सुरु भएसंगै बजारबासीभन्दा गाउँका किसानलाई भने बालीनाली लगाउन बढी चटारो छ, यतिबेला। कोरोना महामारीको वास्तै नगरी चैते धान, बर्खे धान रोप्न र मकै लगाउन उनीहरू व्यस्त छन्। कृषिबाट जिविका चलाउने उनीहरूलाई यतिबेला खेतीपाती लगाउन फुर्सद छैन। केही अन्न जोहो नगरी बाँच्ने विकल्प नभएका किसान यतिबेला खेतबारीमा साँझबिहानै व्यस्त बनेको बोखिम मसिनेबेँशीका आशिष राई सुनाउँछन्। भन्छन्, ‘यतिबेला खेतीको सिजन हो, अहिले खेतीपाती नलगाए हामी के खानु, कसरी बाँच्नु।’ कोरोना भाइरसको दोश्रो लहर सुरुभएसंगै शहरबजार बस्नेहरू पनि धमाधम गाउँ फर्किन थालेका छन्। खेतीपातीको सिजन सुरु भएकाले पनि गाउँ नै उत्तम विकल्प भएको उनीहरू सुनाउँछन्। गाउँघर नै सुरक्षित र उत्तम विकल्प भएको टेम्केमैयुङ गाउँपालिका १, तिम्माकी मनकुमारी राईले सुनाइन्। ‘कोरोनाले नानीहरूको स्कुल बिदा भयो, यो महामारीमा त गाउँमै काम र समय कटाउनु आराम छ’ उनले भनिन्, ‘खेतबारीको काममा परिवार, साथिभाईसंग राम्रै बसाईँ हुन्छ, आनन्द आउँछ’

खेतीयोग्य जमिनमा बृद्धि, पर्याप्त सिँचाई र रोग, किराको प्रकोपमा हटेपछि यो वर्ष भोजपुरमा गतवर्षको तुलनामा २० हजार २ सय ७१ मेट्रिक टन धान उत्पादन बढेको थियो। कुल १७ हजार सातसय ३० हेक्टर क्षेत्रमा गरिएको खेतीमा कुल ५४ हजार ९ सय ६३ मेट्रिक टन धान उत्पादन भएको थियो। लकडाउनका कारण यो वर्ष खेती जमिनको क्षेत्रफलमा बृद्धि, पर्याप्त सिँचाई र प्रकोपमा कमी आएकाले उत्पादनमा बृद्धि आएको कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख योगेन्द्रप्रसाद यादवले बताए। 

समयमै रासायनिक मल वितरण र पर्याप्त बर्षातले सिँचाई पुगेकाले पनि किसानलाई समयमै खेती लगाउन धेरै सहज भएको छ। सरकारले महामारीमा स्वास्थ्य मापदण्ड अपनाउन लगाएपनि समयमा नै मल आवश्यक पर्ने किसानलाई मल उपलब्ध गराउन वितरक र सम्बन्धित ठेकेदार कम्पनीसँग समन्वय पनि भइरहेको केन्द्रले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.