यी हुन् पोजेटिभ रिपोर्ट आएका २६ सांसद

यी हुन् पोजेटिभ रिपोर्ट आएका २६ सांसद

काठमाडौं : संसद्‍को विशेष अधिवेशनअघि स्वाब संकलन गरिएका १२ सय ३५ मध्ये १६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वाब संकलन गरिएका मध्ये ११.९७ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको संघीय संसद्‍ सचिवालयले जनाएको छ। 

वैशाख २२, २३ र २४ गते स्वाब संकलन गरिएका २०५ सांसद र एक हजार ३० कर्मचारी र अन्य गरेर अहिलेसम्म १२ सय ३४ जनाको रिपोर्ट प्राप्त भएको हो। 
संक्रमितमध्ये १९ जना सांसद छन्। जसमध्ये १८ जना प्रतिनिधिसभाका सदस्य हुन्। राष्ट्रिय सभाका एक सांसदमा मात्र संक्रमण देखिएको छ। 

संसद्‍ सचिवालयमा स्वाब संकलन गर्नुअघि नै ८ सांसद आइसोलेसनमा रहेकाले संक्रमित सांसदको कुल संख्या २६ पुगेको छ। संक्रमित १६० मध्ये १४१ जना सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, पत्रकार र आईसीसी भवनका कर्मचारी रहेका छन्।  

सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभाका ५४ सांसदको भने परीक्षण बाँकी नै छ। प्रतिनिधिसभाका २७१ मध्ये चारजना निलम्बित हुँदा सांसदको संख्या २६७ रहेको छ। 

कोरोना संक्रमणबाट संघीय संसद्‍ सचिवालयमा कार्यरत उपसचिव कृष्णराज खनालको मृत्यु भइसकेको छ। परीक्षण गरिएका मध्ये करिब १२ प्रतिशतमा संक्रमण पुष्टि भएपछि वैशाख २७ गतेका लागि बोलाइएको संसद्‍को विशेष अधिवेशन नै कोरोना संक्रमणको केन्द्र बन्ने हो कि भन्ने त्रास बढेको छ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान भएको संसद् बैठकमा संक्रमित सांदलाईसमेत उपस्थित गराउने तयारी सचिवालयले गरेको छ। 

अधिवेशन अगाडि कार्यव्यवस्था परामर्श समितिको छलफलले संक्रमित सांसदको सहभागिताको विषय टुंगो लगाउने छ । संक्रमित सांसदर्ला छुट्टै कक्षमा राखेर मतदानमा सहभागी गराउने तयारी भए पनि यो निर्णय भइसकेको छैन । 

पोजेटिभ रिपोर्ट आएका २६ सांसद 

- झलनाथ खनाल 
- मुकुन्द न्यौपाने 
- मायादेवी न्यौपाने 
- पार्वती डिसी चौधरी 
- राजेन्द्रप्रसाद गौतम 
- नन्दलाल रोका क्षेत्री 
- लालबाबु पण्डित 
- लक्ष्मणलाल कर्ण 
- नरमाया ढकाल 
- महेश बस्नेत 
- रामबाबु यादव 
- गोपालबहादुर बम 
- नमीता कुमारी चौधरी 
- शान्तिमाया तामाङ 
- विना कुमारी श्रेष्ठ  
- रेनुका गुरुङ 
- जुलीकुमारी महतो 
- रघुवीर महासेठ 
- किसान श्रेष्ठ 
- सुरेश कुमार राई 
- पुष्पा कुमारी कर्ण कायस्थ 
- भानुभक्त ढकाल 
- बीना मगर 
- भरतकुमार शाह 
- प्रमोद शाह 
- दिपकप्रकाश भट्ट 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.