भक्तपुर प्रहरीले संकलन गर्यो ९५ थान अक्सिजन सिलिण्डर

भक्तपुर प्रहरीले संकलन गर्यो ९५ थान अक्सिजन सिलिण्डर

भक्तपुर : भक्तपुर प्रहरीले जिल्लाभरबाट ९५ थान अक्सिजन सिलिन्डर संकलन गरेको छ । जसमध्ये २० वटा भरिएको र ७५ वटा खाली रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

संकलन भएका अक्सिजन सिलिन्डर सबै अस्पताललाई हस्तान्तरणसमेत गरिसकिएको उनले बताए । उनका अनुसार भक्तपुर अस्पताललाई भरिएको ५ र खाली ५० वटा गरी ५५ वटा उपलब्ध गराइएको छ । मध्यपुर थिमि नपास्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई २५ वटा खाली अक्सिजन सिलिन्डर उपलब्ध गराइएको छ ।

त्यस्तै मध्यपुर थिमि नपाकै भक्तपुर इन्टरनेसनल अस्पताललाई भरिएको १२ वटा अक्सिजन सिलिन्डर उपलब्ध गराएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । उक्त अवस्थामा अक्सिजन अभाव हुँदा केही दिनअघि दुईजना कोरोना भाइरस संक्रमितले ज्यान गुमाउनुपरेको थियो ।

प्रहरी नायब उपरीक्षक गिरीले बाँकी ३ वटा भरिएको अक्सिजन सिलिन्डर ललितपुरस्थित अल्का अस्पताललाई उपलब्ध गराइएको बताए ।पछिल्लो समय नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढिरहेको छ । जसले गर्दा देशभरका अस्पतालमा शय्यासँगै अक्सिजनको अभाव बढेको छ । सोही अभाव हटाउन केही मद्दत पुग्ने गरी भक्तपुर प्रहरीले गैरस्वास्थ्य क्षेत्रमा रहेका अक्सिजन सिलिन्डर संकलन थालिएको जनाएको छ ।

‘जिल्लाभर वडा क्षेत्रमा स्वास्थ्य क्षेत्रबाहेक अक्सिजनको प्रयोग भइरहेका उद्योग, कलकारखाना, कवाडी संकलन केन्द्रमा रहेका खाली तथा भरी अक्सिजन सिलिन्डरहरू संकलन गर्ने कार्य अघि बढाइरहेका छौं’, प्रहरी नायब उपरीक्षक गिरीले भने, ‘यसरी संकलन भएका सिलिन्डर सकिएको र अस्पतालमा मौज्दात नभएको जानकारी बिरामीहरुका आफन्तहरुबाट जानकारी प्राप्त हुनासाथ तत्कालै उपलब्ध गराउने व्यवस्था गरेका छौं ।’

उनले अन्य अक्सिजन ग्यासका सिलिण्डरहरूको खोजतलास गर्ने कार्य जारी रहेकोसमेत सुनाए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.