डेढ सातामा ६ को मृत्यु

डेढ सातामा ६ को मृत्यु

दैलेख : पछिल्लो डेढ सातायता दैलेखमा कोरोना संक्रमण बढ्दै गएको छ। दैनिक नयाँ संक्रमित थपिने क्रम जारी छ। मृत्युदर पनि बढेको छ। आइतबार बिहान मात्रै कोरोना संक्रमणका कारण एकको मृत्यु भएको छ। 

नारायण नगरपालिका–८ का ७० वर्षीय वृद्धको मृत्यु भएको दैलेख अस्पतालका डा. जगत थापाले जानकारी दिए। डा.थापाका अनुसार उनी केही दिनअघि मात्रै काठमाडौंबाट दैलेख आइपुगेका थिए। आइतबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका ती वृद्धको उपचारकै क्रममा निधन भएको हो।

योसँगै पछिल्लो चरण जिल्लामा नयाँ भेरियन्टसहितको कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ। बुधबार नारायण नगरपालिका–१ पुरानो बजारका ७५ वर्षीय वृद्धको निधन भएको थियो। उनकोे उपचारकै क्रममा निधन भएको हो। त्यसको दुई दिनपछि एक गर्भवती महिलाको मृत्यु भएको थियो। संक्रमणकै कारण नारायण नगरपालिका–६ की २७ वर्षीया गर्भवतीको मृत्यु भएको हो। 

जिल्लामा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ सय ७० पुगेको छ। ६७ जना कोरोनाका बिरामी निको भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए। उनका अनुसार अहिले दैलेख अस्पतालको आइसोलेसनमा २७ जना उपचाररत छन्। अधिकांश कोरोनाका बिरामी होमआइसोलेसनमै छन्। ‘दैलेखमा कोरोनाको अवस्था भयावह छ, संक्रमण पुष्टि हुने व्यक्तिहरू नै बिमामा पेस गर्नका लागि रिपोर्ट सार्वजनिक भएकै दिन रिपोर्ट लिन आउने गर्नु हुन्छ,’ रेग्मीले भने, ‘निषेधाज्ञाको पालना नगर्ने र जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा कोरोना संक्रमणको अवस्था झन् भयावह हुन सक्छ।’

यता जिल्लामा संक्रमणको दर बढ्न थालेपछि दैलेखमा वैशाख २१ गते मंगलबार राति १२ बजेदेखि लागू गरिएको निषेधाज्ञा जारी छ। जिल्ला प्रशासन कार्यालय दैलेखले एक सताका लागि जारी गरेको निषेधाज्ञा वैशाख २८ गते राति १२ बजे सकिँदैछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.