दैलेखमा कोरोनाबाट दुईजनाको मृत्यु

दैलेखमा कोरोनाबाट दुईजनाको मृत्यु

दैलेख : दैलेख अस्पतालको आइसोलेसनमा उपचाररत् दुईजना कोरोनाका बिरामीको मृत्यु भएको छ । जिल्ला सदरमुकामस्थित अस्पतालको आइसोलेसनमा उपचाररत ठाँटीकाँध गाउँपालिकाका दुईजना कोरोना संक्रमितको मृत्यु भएको हो । 

बुधबार साँझ जिल्लाको पश्चिममा पर्ने ठाँटीकाँध गाउँपालिका–५ तोलीजैसीका ३२ वर्षीया युवकको मृत्यु भएको हो । युवकलाई अस्पताल पुर्‍याएको एक घण्टा नबित्दै मृत्यु भएको हो । उनलाई दैलेख अस्पतालको आइसोलेसनमा ल्याइ पुर्‍याए लगत्तै उपचार थालिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको आइसोलेसन अस्पतालमा कोरोनाका बिरामीहरुको उपचारमा खटिएकी डा. सुशिला कटुवालले जानकारी दिइन् । 

स्वास्थ्यमा समस्या देखिएपछि परिवारको सहयोगमा उनलाई बुधबार बिहान ठाँटीकाँध गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा पुर्‍याइएको थियो । त्यहाँ गरिएको एन्टिजेन परीक्षणमा ती युवकमा  कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य केन्द्रले रिफर गरेपछि दैलेख अस्पतालको आइसोलेसनमा ल्याइ पुर्‍याएको मृतकका आफन्तले बताए । 

यस्तै बुधबार राती नै ठाँटीकाँध गाउँपालिका–३ विशालाका ५२ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए । कोरोना संक्रमित भएर श्वासप्रश्वासमा समस्या भएर चारदिनदेखि आइसोलेसन उपचाररत ती महिलाको मृत्यु भएको हो । 

योसँगै जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ ।  यस्तै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार १ सय ५५ पुगेको छ । मंगलवार थप ८५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए । 

निमित्त स्वास्थ्य सेवा व्यवस्थापक रेग्मीका अनुसार हालसम्म १ हजार ६ सय १६ जना कोरोनाका बिरामी निको भइसकेका छन् ।  अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय २५ जना छ । ती मध्ये दैलेख अस्पतालको आइसोलेसनमा ३७ जना कोरोनाका बिरामी उपचाररत छन् भने ४ सय ८८ जना कोरोनाका बिरामी घरमै छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.