नयाँ परिस्थितिमा हतास हुने समाप्त हुनेछन् : जनार्दन शर्मा

नयाँ परिस्थितिमा हतास हुने समाप्त हुनेछन् : जनार्दन शर्मा

काठमाडौं : नेकपा (माओवादी) केन्द्रका नेता जनार्दन शर्माले परिस्थिति र घटनाले नयाँ चुनौती र सम्भावना ल्याएको भन्दै यसबाट हतास हुनेहरु समाप्त हुने बताएका छन्। 

एमाले एकता र माओवादी केन्द्रको भविष्यका विषयमा विभिन्न टिकाटिप्पणी भइराखेका बेला शर्माको यस्तो भनाइ आएको हो। शर्माले चुनौति सामना गर्न नसकेर हतास हुनेहरु समाप्त हुँदै जाने बताएका हुन्। 

नेता शर्माले तथ्यलाई स्वीकार गर्दै विगतका उपलब्धि र कमीको गम्भीर समीक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। शर्माले अहिले जनतामाथि संकट आइपरेकाले इमान्दार बनेर काम गरेका सबैको भविष्य उज्ज्वल हुने बताएका छन्। 

‘नयाँ परिस्थिति र घटनाले नयाँ चुनौती र संभावनाहरु एकसाथ लिएर आएको हुन्छ। यसबाट हतास हुनेहरू समाप्त हुँदै जाने र सामना गर्न तयार हुनेहरू सुदृढ हुँदै जाने तथ्यलाई स्वीकार गरी विगतका उपलब्धि र कमीहरु समेतको गम्भीर समीक्षा गरेर विचार, विधि र इमानका दृष्टिले माथि उठौं र उठाऔं’, शर्माले फेसबुकमा लेखेका छन्, ‘जनतामाथि आइपरेका संकटहरुको सामना गर्न जनताप्रतिको उत्तरदायित्वमा इमान्दार बनौं। हामी सबैको भबिस्य उज्ज्वल हुनेछ।’  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.