स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक, फागुन २७ गते मनोनयन दर्ता, चैत ५ मा मतदान

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक, फागुन २७ गते मनोनयन दर्ता, चैत ५ मा मतदान
सुन्नुहोस्

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ। त्रिभुवन विश्वविद्यालय (टियु)ले चैत ५ गते निर्वाचन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको हो।

कार्यतालिका अनुसार टियुले फागुन १९ गतेदेखि निर्वाचन प्रक्रिया थाल्ने भएको छ। फागुन १९ गते संघ/संगठनको दर्ता, २१ गते मतदाता सूची प्रकाशन गर्ने, २५ गते मतदाता सूचीउपर दाबी विरोध गर्ने, २५ गते ५ बजे मतदाता सूचीको अन्तिम नामावली प्रकाशन गर्ने टियुले जनाएको छ।

त्यस्तै फागुन २६ गते ११ बजेदेखि २ बजेसम्म मनोनय पत्र वितरण, २७ गते ११ देखि २ बजेसम्म मनोनयन पत्र नामावली दाखिला गर्ने र ५ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने, २८ गते उम्मेदवारविरुद्ध दाबी विरोध र छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने, २९ गते उम्मेदवारी फिर्ता लिने समय र २९ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।

चैत ५ गते विहान ८ बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएको टियुले जनाएको छ। त्यस्तै प्रचार प्रसार फागुन २९ देखि चैत २ गते १२ बजेसम्मको लागि समय दिइएको छ।

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.