टिकटकमा प्रतिबन्ध लगाउनेहरू नै अहिले अभिव्यक्ति स्वतन्त्रताको हिमायती बनेका छन् : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने कुनै पनि काम सरकारबाट नहुने स्पष्ट पारेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूहरू बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने कुनै काम सरकारबाट नहुने स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले हिजो सँगै रहेर मस्यौदा गरेका केही मान्छेहरूले अहिले अभिव्यक्ति स्वतन्त्रता हनन् हुन लाग्यो भनेर सामाजिक सञ्जाल विधेयकविरुद्ध चर्का कुरा गरेर हल्ला गरेको टिप्पणी गरे। टिकटकमा प्रतिबन्ध लगाउनेहरूले अहिले जे पनि बोल्न पाउनुपर्छ भनेर अभिव्यक्ति स्वतन्त्रताको हिमायती बनेको उनले बताए।
प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्डको बैंकमा आफूले पैसा राख्यो भन्ने जस्ता प्रश्न गरेर भ्रम फैलाइएको बताए। उनले सुशासनबाट मात्रै समृद्धितिर देशलाई लान सकिने भएको र सुशासन एउटा गम्भीर चुनौतीका रूपमा रहेकाले छिटो छरितो रूपमा कानुन बनाउने र काम अगाडि बढाउने प्रक्रियामा सरकार रहेको स्पष्ट गरे।
प्रतिक्रिया दिनुहोस !