कोभिड १९ भर्सन २.०

कोभिड १९ भर्सन २.०

‘सर, यो हप्ता कोभिड डेडिकेटेड सेन्टरमा कसको ड्युटी ?’

‘मेरो, किन?’
‘भोलि सिजेरियनका लागि भनेर भर्ना गरेको केसको पीसीआर रिपोर्ट पोजिटिभ निस्क्यो।’
‘त्यसोभए होल्डिङ एरियाबाट त्यो केसलाई तल कोभिड डेडिकेटेड सेन्टरमा सिफ्ट गराउनु, र भोलि अपरेसनका लागि सबै चाँजोपाँजो मिलाउनू।’
‘हस् सर।’

(कोभिड १९ को दोस्रो लहरसँगै अधिकतर शंकास्पदको पीसीआर रिपोर्ट पोजिटिभ आउन थालेबाट केही दिन अगावैदेखि हामीले जुनसुकै उद्देश्यले अस्पतालमा भर्ना गरेको बिरामीको पीसीआर रिपोर्ट नआएसम्म होल्डिङ एरियामा राख्ने गरेका थियौं। त्यसो त कोभिड १९ को दोस्रो लहरलाई नियन्त्रणमा राख्न सकियोस् भनेर परीक्षण शुल्क ५०० मात्र कायम गर्नुका साथै आर्थिक रूपमा आफू विपन्न भएको स्वघोषणा गर्ने व्यक्तिलाई निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाएका थियौं।)

अन्य समयमा गर्भवती महिलालाई प्राथमिकतामा राखी तिनीहरूको अपरेसनसुरुआतीमा गथ्र्यौं। तर अपरेसन टिममा सहभागी हुने एनेस्थेटिस्ट एवं उनका सहयोगीहरूका लागि पीपीई लगायतका सामग्री किफायती होस् भन्ने उद्देश्यले आईसीयूमा राउन्ड सकेलगत्तै अपरेसन थाल्ने निर्णय भयो। ठिकै हो जस्तो लाग्यो।
यसअघि सिजेरियनबाटै बच्चा पाएकी महिला योपटक ३७ हप्ता पूरा गरिसक्ने क्रममा गर्भभित्रको शिशु कम चलेको तथा शिशुवरिपरि पानीको मात्रा सामान्यतः भन्दा घटेको कारण अनिष्ट नहोस् भनेर सिजेरियन अपरेसन दोहोर्‍याउनु पर्ने बाध्यता आइलागेको थियो। कोभिड १९ को पहिलो लहरमा पनि कोभिड पोजिटिभ केस सुत्केरी हुने तथा सिजेरियनबाट बच्चा पाउने गरेको थियो। तर यो पटकको समस्या अलि चर्को छ। चीनको वुहानमा देखिएको भाइरसभन्दा यो पटकको भाइरसका कारण रोग सर्ने दर बढी छ। 

करिब ११ बजे (बिहान) तिर मेरा पोष्टग्राजुएट सहकर्मी डा. नवीन पाण्डेले भने, ‘सर, अबको १५ मिनेटमा एनेस्थेटिस्ट आइपुग्ने जानकारी छ, हामी पनि पुग्ने हो कि ?’‘हुन्छ, म आउँदैछु।’
म कार्यरत धुलिखेल अस्पतालको हाम्रो आफ्नै भवन छुट्टै रहेका कारण त्यसैलाई कोभिड डेडिकेटेड सेन्टरका रूपमा परिणत गरिएको थियो। केवल एक हप्ताको अन्तरालमै त्यो भवनभित्र पस्दाको अनुभूति अन्य बेलामा भन्दा नितान्त फरक पाएँ। जोखिम छ, थाहा छ। मनमा आपैंm संक्रमित भइएला कि भन्ने डर छ। तर पनि जोखिम र डरभन्दा आफ्नो जिम्मेवारी, मानवीयता एवं मेडिकल इथिक्सलाई प्राथमिकता राखें। आफ्नो धर्म निभाउन गएँ।

डनिङ एरिया (पीपीई लगायतका पोशाक लगाउने क्षेत्र) मा पुगेपछि मेरो लागि पनि ओटी ड्रेस, पीपीई सेट, त्यसमाथि थप प्लाष्टिक कभर, बुट ठिक्क पारेर राखेको थियो। त्यहाँ डयुटीमा रहेका नर्सबाट आवश्यक निर्देशनहरू पाएँ। संक्रमण नियन्त्रणका सम्पूर्ण सिद्धान्त पालना गरी अपरेसनका लागि तयार भएँ। मनमा कुत्कुती लाग्यो, म कस्तो देखिएँ होला, यो पूरा पोशाकमा ? त्यहाँ रहेका सिस्टर ईन्चार्जलाई उनकै मोबाइलबाट एकदुईवटा फोटो खिच्न लगाएँ। अनि आफूले लगाएर गएको लुगा, जुत्ता, अपरेसन सकेपछि नुहाउआवश्यक स्याम्पु र टावेल एउटा झोलामा राखी, झोलाको बाहिरपट्टि आफ्नो नाम लेखेर झोला लिई अपरेसन थियटरतर्फ लागें। अपरेसन थियटर पुग्नुअगावै प्यासेज, भर्‍याङमै झोला छाडी लिफ्टमार्पmत् अपरेसन थियटर भएको फ्लोरमा आएँ।

सिजेरियन अपरेसन गर्नुपर्ने बिरामीलाई ढाडमुनि लट्ठयाउन ठिक पारेको रहेछ। स्क्रब गर्ने (हात धुने) एरियामा गई अल्कोहल झोलले हात धोई अपरेसन कोठामा छिरें। एसिस्टिङ नर्सले ओटी ड्रेस लगाइदिइन्। यसरी मेरो शरीरमा चार पत्र कपडा भयो। अपरेसन कोठाभित्र एसी चलाउन वर्जित थियो। चिसो बनाउने विकल्प थिएन। बिस्तारै शरीरमा पसिना निक्लिन थाल्यो। ओहोऽ एन९५ मास्कमाथि एउटा अर्को मास्क लगाई टेपले टाँसेको थिएँ। त्यसमाथि गगल्स अनि भाइजर लगाएको थिएँ। 

एन ९५ मास्कको कसिलो डोरीले नाकको डाँडीमा अचाक्ली पीडा हुन थाल्यो। सबै पीडा बिर्सी अपरेसन थालें। अन्य बेला एउटा सिजेरियन अपरेसन गर्न २५ देखि ३५ मिनेट लगाउँथें। तर संक्रमण नियन्त्रणका अधिकतम उपाय अपनाउँदै, पटकपटकको बाफिएको भाइजर एवं गगल्सको सामना गर्दै करिब ५५ मिनेटमा अपरेसन सिध्याई ओटी गाउन त्यहीँ फुकाली ओटीबाट बाहिर निस्कें। आमा र नवजात शिशु स्वस्थ रहेको जानकारी पाएँ, एनेस्थेटिस्ट एवं पेडियाट्रिसियनबाट। सुत्केरी आमाले सुत्केरी हुने समयसम्मको पीडा बिर्सेजस्तै मैले पनि अघिको सबै पीडा बिर्सें। 

चिसो बनाउने विकल्प थिएन। बिस्तारै शरीरमा पसिना निक्लिन थाल्यो। ओहोऽ एन९५ मास्कमाथि एउटा अर्को मास्क लगाई टेपले टाँसेको थिएँ। त्यसमाथि गगल्स अनि भाइजर लगाएको थिएँ। एन९५ मास्कको कसिलो डोरीले नाकको डाँडीमा अचाक्ली पीडा हुन थाल्यो।

लिफ्टबाट माथिल्लो फ्लोरमा आई डफिङ एरिया (लुगा फुकाल्ने क्षेत्र) मा आई सबैभन्दा भित्रको ओटी ड्रेस र अण्डरवेयर बाहेक पीपीई लगायतका बाहिरी कपडा, बुट, गगल्स, क्याप, भाइजर पटकपटक स्यानीटाइजर लगाउँदै फुकालें र स्नान कक्षमा पस्नुपूर्व ओटी ड्रेस फुकालें। ती कपडाहरू लन्ड्री पठाउने ठाउँमा होशियारीपूर्वक राखी नुहाएँ। त्यसपछि आफ्नै लुगा लगाई घर फर्कें। घरमा आई फेरि एकपटक नुहाएँ। साँझ आमा र बच्चाको स्वास्थ्य अवस्था फोनबाट बुभेंm। सबै ठिक छ भन्ने अपडेट पाएँ।

कोरोनाजस्तो महामारी फैलिरहेको बेला पर्ख, भोलि गरुँला, पछि गरौंला भन्न नमिल्ने कुरामा प्रसुती सेवा पनि पर्दछ। विश्वभरिका प्रसुती रोग विशेषज्ञ, मिडवाईफ, अन्य चिकित्सक, नर्स, सफाईकर्मीको पनि आआफ्नै अनुभूति होला। तर मैले यो पटकको कोभिड १९ यसरी अनुभूति गरें। भोलिपल्ट सिस्टर इन्चार्जले फोटो पठाइदिइन्। केही वाक्यसहित फेसबुक र ट्विटरमा दुईवटा फोटो अपलोड गरेको क्षणभरमै थुप्रै कमेन्टसहितको लाइक पाएँ। ट्विटरमा यसअघि ८–१० लाइकबाहेक पाउँदिन थिएँ, तर यो पटकको मेरो कर्मले धेरैको मन छोयो क्यार। कतिपयले रिट्विट गरे, कतिपयले यसै बहानामा मलाई फलो गरे। कर्मको फल मिठो हुँदोरहेछ। मेरो यो कमिटमेन्टका कारण सारा स्वास्थ्यकर्मीले नै जस पाउने कमेन्ट पाएँ। धन्य भएँ। सबैको जय होस्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.